Butwal Today

ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएका ११ जनालाई लगियो कीर्तिपुर

२४ माघ २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

काठमाडौं कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन्।

बिहीबार बिहान कमलपोखरीस्थित सानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट भएको हो।

विस्फोटमा परी १४ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनालाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

अन्य तीन जना अस्पताल लैजानु नपर्ने खालका घाइते रहेको परिसरले जनाएको छ।