ट्रेंडिंग:

>> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल

शित भण्डारण नहुँदा सस्तो मूल्यमा सुन्तला बेच्न बाध्य

२४ माघ २०८१, बिहीबार
२४ माघ २०८१, बिहीबार

पाल्पा ।

रैनादेवी छहरा गाउँपालिकाको मुझुमका दोलख बहादुर कार्कीको बगैचामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला लटरम्मै फलयो । तर, गत वर्षको तुलनामा यस वर्ष सुनतला उत्पादन बढि भएपनि उचित मुल्यमा बिक्री नहुँदा भने उनी निरास भएका छन् ।

सुन्तला खेतिका लागि पाल्पा अत्यन्तै उर्वर जमिन ठानीने भए पनि बिक्री गर्ने समयमा उत्पादन कर्ता भन्दा व्यापारीहरु हावी हुँदा यहाँका कृषकहरुमा उत्साह नभएको उनी बताउँछन् । १ सय सुन्तलाका बोटबाट राम्रो आम्दानी गरेकी छहराकी बिमला पौडेल पनि उत्पादन बढे पनि मुल्य नबढेको र यसको कुनै बिकल्प नै नभएको २, ४ वर्ष लगाएर दु.ख गरेका  सुन्तला खेति  गर्ने कृषकले भन्दा व्यापारीले धेरै कमाएको उनी बताउँछीन् ।

पहिला पहिला घर मै खानको लागि २,४ बोट सुन्तला लगाउने कृषकहरुले एक दशक अगाडिबाट भने सुन्तलाको व्यावसायीक खेति गर्न लागेका छन् । जिल्लाको छहरा मुझुम , मैनादी कुसुमखोला , देउराली, पुर्वखोला, बाझा, नयर, बौघा पोखराथोक गाउ बस्तीहरुमा कृषकहरुले व्यवसायीक सुन्तला खेति गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सुन्तला र सुन्तला जन्य बस्तुको खेति प्रर्वद्धनका लागि प्रदेश सरकारले अनुदानको कार्यक्रम ल्याएपछिको समयमा अभियानका रुपमा यसको क्षेत्र बिस्तार संगै उत्पादनमा बृद्धि भए पनि समय अनुरुप मुल्य वृद्धि हुन  नसकेको पुर्वखोलाका पुराना तथा अगुवा कृषक इश्वरी खनाल बताउछन् ।

कार्तिक महिनाको अन्तिम हप्ताबाट बजारमा आउन सुरु हुन्छ । कुनै कुनै कृषकले मंसिरको दोस्रो हप्ता सम्ममा बिक्री गरी सक्दछन् । पछिसम्म बोट मै सुन्तलाका दाना राख्न हुदैन किनभने आउने वर्षका लागि उत्पादनमा ह्रास आउने गर्दछ । यो प्रजाती एकै पटक पाक्ने र त्यसै समयमा मौसम पनि चिसो नै हुने र त्यसैले होला त्यती खेर मुल्य नै हुदैन । यस वर्ष ४० देखि ६० रुपैया प्रति के.जी सम्ममा व्यपारीलाई बिक्री गरेको कृषकहरु बताउँछन् । काँचोमा बिक्री गर्न भएन, पाक्दासम्म पर्खदा मुल्य नै हुदैन । टिपेर भण्डारण गर्न शित भण्डार नै छैन ।

सुन्तला खेतिले जिल्लामा राम्रो पहिचान बनाउन सफल भयो । त्यसका लागि स्थानिय सरकार, कृषि ज्ञान केन्द्र पाल्पा, सुन्तला जात फलफुल बिकास केन्द्र सबैको सहयोगका कारण क्षेत्र बिस्तार संगै उत्पादन पनि बृद्धि भयो तर भण्डारणका लागि कही कतैबाट पनि पहल नभएको रिब्दीकोट गाउपालिका कुसुमखोलाका खेम बहादुर राना बताउछन् । भण्डारणको व्यवस्था भए गर्मी मौसममा दोब्बर मुल्यका बिक्री गर्न पाइने थियो । जब  हाम्रो उत्पादन सकिन्छ भारतीय भण्डारण गरिएको सुन्तला बजार भरि दोब्बरै मुल्यमा बिक्री हुन थाल्छ । भारतीय सुन्तलाको ठाउँमा नेपाली सुन्तलाहरु बिक्री गर्न पाइने थियो यदी हामीसंग शित भण्डार हुन्थ्ये भने । अवको आवश्यकता शित भण्डारण को हो तानसेन नगर बाझाकी कृषक कमला कुवर बताउँछिन् ।

चारै तर्फ जंगल, बिचमा बस्ती भएकाले दिन रात वन्यजन्तुले राज गरेको ठाउमा सुन्तला खेति गरेका तानसेन नगर अधेरीका कृषक बाल कृष्ण नेपाली यदि शित भण्डारमा सुन्तला भण्डारण गर्न पाउने भए आफुले बारी भरी नै सुन्तला लगाउने बताउछन् ।

रिब्दीकोट गाउपालिका देउरालीका कृषक खिमानन्द पोखरेलले यस वर्ष सुन्तला बिक्री गरी ४ लाख रुपैया हात परेको बताउछन् । यो मुल्य व्यापारीको हो । पछिसम्म बोटमा राख्न भएन । टिपेर भण्डारण गर्न व्यवस्थापन नै भएन । स्थानिय सरकारले यस तर्फ ध्यान नै नदिएको उनी बताउछन् । सुन्तला खेतिलाई मुख्य नगदे वालीका रुपमा स्थापित गर्न सकिने छ । सुनतलामा लाग्ने रोग तथा किराको पहिचान गरी निदान गर्न पनि सकिन्छ । बजारिकरणको लागि पनि समस्या छैन । तानसेन नगर पालिकाको समन्वयमा भारतीय राजदुताबासको सहयोगमा निर्माणधिन शितभण्डार तयार नहँुदासम्म ठुलो परिमाणमा भण्डारणका लागि समस्या हुने पाल्पा कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरी बताउँछन् ।

प्रमुख चौधरीका अनुसार यस वर्ष १ हजार १ सय ९६ हेक्टर क्षेत्रफलबाट ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भयो । गत वर्ष ८ हजार ८ सय ६१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?