© २०२३
बुटवल, २४ माघ ।
जग्गाको माटो परिक्षण गर्दा प्रांगारिक पदार्थ कम र क्षारियपना बढ्दो क्रम देखिएको छ । बुटवल र आसपासका क्षेत्रमा व्यवसायिक रूपमा खेती गर्दै आएका किसानहरूको माटोको नमुना परिक्षण गर्दा क्षारियपन अधिक र प्रांगारिक पदार्थको मात्रा न्यून भएको पाइएको हो । माटोमा अर्गानिक मलको प्रयोग अति कम, नाइट्रोजन कम, फसफोरस बढी र पोटास मध्ययम रहेको माटो तथा मल परिक्षण प्रयोशाला खजुरा, बाँकेले जनाएको छ ।बुटवलका अधिकांस नमुनामा माटोमा प्रांगारिक पदार्थको कमी देखिएको बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जि.सी.को भनाइ छ । अधिकृत जि.सी.का अनुसार अधिकांस नमुनामा प्रांगारिक पदार्थको मात्रा कम छ, माटो सुधार गर्न प्रांगारिक पदार्थ बढाउन जरुरी रहेको छ । अधिकृत जि.सी.ले भने—माटोमा प्रांगारिक पदार्थको मात्रा बृद्धि गर्नको लागि एकीकृत कृषि पद्दतिमा जोड दिनु आवश्यक छ ।
बुटवल उधोग वाणिज्य संघको आयोजनामा संचालन भएको बुटवल औधोगिक मेला २०८१ मा मिति २०८१।९।५,६ र ७ गते बुटवल उपमहानगरको समन्वय र माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेको सहजिकरणमा उक्त मेलामा ३ दिन निःशुल्क माटो जाँच शिविर संचालन भएको थियोे । उक्त अबधिभर जम्मा २१९ वटा माटोको नमुना जाँच भएका मध्ये नगर क्षेत्र भित्रका २१२ वटा माटोको नमुना जाँच भएको थियो । माटो परिक्षणका क्रममा माटोमा क्षारीयपन बढ्दो, पोटास मध्ययम, फस्फोरस बढी, नाईट्रोजनको मात्रा कम पाईएको अधिकृत जि.सी.ले बताए । जि.सी.ले भने—घर घरमा गोठेमल, कम्पोष्ट मल बनाउनुका साथै पशुमूत्र सकंलन,घरायसि कुहिने फोहरको उचित व्यवस्थापन गरी कम्पोष्टमल निर्माण साथै प्रयोगमा जोड दिनु पर्ने उनले वताए ।दीर्घकालीन रूपमा प्रांगारिक पदार्थ बढाउने कृषि पद्दतिहरू जस्तै बाली चक्र, अन्तरबाली, कोशेबाली, हरीयो मल बालीको जमिन मुनिको भागलाई माटो मिलाउने, छाता बालीलाई प्रवद्र्धन गर्नुपर्ने माटो विज्ञहरूको भनाई छ ।
बिज्ञहरूका अनुसार प्रांगारिक पदार्थले माटोलाई मलिलो र बुरबुराउदो बनाउछ । साथै यसले नाइट्रोजन, फोसफोरस र पोटासलाई सहजरूपमा बिरुवालाई उपलब्ध गराउन मद्दत गर्दछ । कृषि विज्ञ टंकप्रसाद रिजालका अनुसार प्रांगारिक पदार्थले कृषि उत्पादनमा प्रत्यक्ष भूमिका खेलेको हुन्छ । पानीको अभावले गर्दा माटो सुख्खा, कडा हुनुको साथै माटोको उत्पादकत्व पनि ह्रास हुँदै गइरहको छ । रिजालले भने—दीगो कृषि बिकास र माटो व्यवस्थापनका अभ्यासहरूले हरित गृह उत्र्सजनमा कमी र जैविक कार्वन व्यवस्थापनमा पनि ठूलो भूमिका खेल्दछ ।माटोको अवस्था हेरेर कुनैपनि किसानले खेतवारीको अम्लिय, क्षारिय र प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फसफोरस र पोटास तथा माटोको पि.एच.को जानकारी लिएर मात्र उत्पादन क्षेत्रमा हात हाल्नु पर्ने कुरामा विज्ञहरूको जोड रहेको छ । सबैकुरा गर्दापनि सोचे अनुरूपको उत्पादन नहुनु माटोको खरावी हुन सक्छ जस्का लागि माटो परिक्षण आवश्यक छ । यहि अवस्था रहेमा केहि बर्षमा उत्पादन सुन्य हुने अवस्था आउन सक्ने तर्फ विज्ञहरूले सजग गराएका छन् ।
बुटवल उपमहानगरका अनुसार नियमित रूपमा ३ बर्ष देखि नै माटो जाँच हुदै आईरहेको छ । वर्षेर्नि माटो जाँच भैरहेको छ । नगर प्रमुख खेलराज पाण्डेयका अनुसार बुटवल क्षेत्रको भौगोलिक अवस्था हेर्दा बुटवल १ देखि १९ वडासम्म प्रतिनिधित्वका रूपमा नमुना संकलन गरि माटो परिक्षण गरिएको थियो । नियमितरूपमा गरीने माटो जाँच कार्यले कृषि वाली उत्पादक कृषकको लागी अति महत्वपूर्ण कार्य भएको र भावि कार्यक्रम निर्माणमा सहज हुने बताए ।
पि.एच.मान ७.५भन्दा बढि,६.५ भन्दा कम देखिनु वाली उत्पादनका हिसावले राम्रो मानिदैन । यो मात्रा ६.५ देखि ७.५ सम्मलाई नर्मल रूपमा लिन सकिन्छ । क्षारीयपन बढ्दो क्रम देखिएकाले खेतबारीमा गोठेमल, कम्पोष्ट मल, हरियो मल, (ढैचा सनही,मुगं) जिप्सन राख्नु पर्ने विज्ञहरूको सल्लाह छ ।रूपन्देही र पाल्पा, कपिलवस्तु, नवलपरासी लगाएतका जिल्ला तथा स्थानिय पालिकाबाट बुटवलमा लाग्ने कृषि मेलामा माटो परिक्षणका लागि किसानहरूले आफ्नो खेतवारीको माटो परिक्षण गराउँदै आएका छन् ।