© २०२३
दाङ, २३ माघ ।
घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको १७ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा पद्मोदय पब्लिक नमूना मावि भरतपुर प्रथम भएको छ । घोराही उपमहानगरपालिका २ मा रहेको गंगा मावि रामपुरमा ४ दिन चलेको खेल प्रतियोगितामा २४ स्वर्ण, ८ रजत र १६ कास्य पदक जम्मा ४८ पदक लिएर पदमोदय पब्लिक नमुना उच्च माबि भरतपुर प्रथम भएको हो ।
त्यसैगरी १४ स्वर्ण, १५ रजत र ११ कास्य पदक जम्मा ४० पदक लिएर गोर्खा पब्लिक सेकेण्डरी स्कुल धोब्बे द्वितिय भएको छ । ५ स्वर्ण, २ रजत र ६ कास्य पदक जम्मा १३ पदक लिएर नेपाल पुलिस स्कुल तृतीय भएको छ भने २ स्वर्ण, ६ रजत र ४ कास्य पदक जम्मा १२ पदक लिएर गोरक्ष रत्न नाथ विद्यालय चौंथो भएको छ ।
२ स्वर्ण, ४ रजत र ५ कास्य पदक जम्मा ११ पदक लिएर बाल बिकास माबि पाँचौ भएको छ । २ स्वर्ण, १ रजत र ६ कास्य पदक जम्मा ९ पदक लिएर जनज्योती विद्या मन्दिर छैंठौ स्थानमा आएको छ । विजयी विद्यालयहरुलाई घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुन लगाएत समितिका सदस्यहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।।