ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

दिल्ली विधानसभा चुनाव आज : ६९९ उम्मेदवार चुनावी मैदानमा

२३ माघ २०८१, बुधबार
२३ माघ २०८१, बुधबार

नयाँ दिल्ली ।

दिल्ली विधानसभाको ७० सिटका लागि बुधबार एकै चरणमा मतदान हुँदैछ । लोकसभा चुनावमा इन्डिया गठबन्धनको हिस्सा रहेका पाँच दलहरू यसपटक एकअर्का विरुद्ध चुनाव लडिरहेका छन्। यसमध्ये, आम आदमी पार्टी (आप) र कांग्रेस सबै ७० सिटमा आमनेसामने छन्।

भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) ले ६ सिटमा आफ्ना उम्मेदवारहरू खडा गरेको छ भने भारतीय कम्युनिस्ट पार्टी-मार्क्सवादी (सीपीएम) र भारतीय कम्युनिस्ट पार्टी-मार्क्सवादी लेनिनवादी (सीपीआई-एमएल) ले २-२ सिटमा आफ्ना उम्मेदवारहरू खडा गरेका छन् ।

भाजपाले ६८ सिटमा आफ्ना उम्मेदवारहरु खडा गरेको छ। गठबन्धन दलहरूलाई दुई सिट दिइएको छ । यसमा जनता दल-युनाइटेड (जेडीयू) ले बुरारीबाट आफ्नो उम्मेदवार उठाएको छ भने लोक जनशक्ति पार्टी-रामविलास (एलजेपी-आर) ले देवली सिटबाट आफ्नो उम्मेदवार उठाएको छ।

महाराष्ट्रमा भाजपाको सहयोगी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ३० सिटमा चुनाव लडिरहेको छ। शिवसेना प्रमुख तथा महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले सबै सिटमा भाजपालाई समर्थन गरेका छन्।

यसबाहेक बहुजन समाज पार्टी (बसपा) ले ७० सिटमा र असदुद्दीन ओवैसीको अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम) ले १२ सिटमा चुनाव लडिरहेको छ। चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ।

६९९ उम्मेदवार, १९ प्रतिशत आपराधिक छविका

निर्वाचन आयोगका अनुसार स्वतन्त्रसहित विभिन्न दलका कुल ६९९ उम्मेदवार चुनावी मैदानमा छन् । यी सबै उम्मेदवारहरूको शपथपत्र जाँच गरेर एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले प्रतिवेदन तयार पारेको छ।

यस अनुसार करिब १९ प्रतिशत अर्थात् १३२ उम्मेदवारहरूको आपराधिक छवि छ। यीमध्ये ८१ जना विरुद्ध हत्या, अपहरण र बलात्कार जस्ता गम्भीर मुद्दा दर्ता छन् । १३ जना उम्मेदवारमाथि महिला विरुद्धको अपराधको आरोप छ।

५ जना उम्मेदवारको सम्पत्ति १०० करोडभन्दा बढी, ९६ जना मात्र महिला 

एडीआरका अनुसार ५ जना उम्मेदवारको सम्पत्ति १०० करोड रुपैयाँ वा सोभन्दा बढी छ । यी मध्ये ३ जना भाजपाका छन् भने कांग्रेस र आपका एक-एक जना छन् । भाजपा उम्मेदवारहरूको औसत सम्पत्ति लगभग २२.९० करोड रुपैयाँ छ। यसैबिच, तीन जना उम्मेदवारले आफ्नो सम्पत्ति शून्य घोषणा गरेका छन्।

लगभग २८% अर्थात् १९६ उम्मेदवारहरूले आफ्नो उमेर २५ देखि ४० वर्ष बिच बताएका छन्। १०६ (१५%) जना ६१ देखि ८० वर्ष उमेर समूहका छन् भने तीन जना ८० वर्षभन्दा माथिका छन् । सबै ६९९ उम्मेदवारहरू मध्ये ९६ जना महिला छन्, जुन लगभग १४% हो।

उम्मेदवारहरूको शैक्षिक योग्यताको कुरा गर्दा, ४६% ले आफूलाई ५ औँ देखि १२ औँ कक्षाको बिचमा अध्ययन गरेको घोषणा गरेका छन् । १८ जना उम्मेदवारहरूले आफूलाई डिप्लोमा धारक, ६ जना साक्षर र २९ जना निरक्षर भएको बताएका छन् ।

दिल्लीमा १८% स्विङ मतदाताहरू किङमेकर 

लोकसभा चुनावमा दिल्लीका ७ सिटमा आप र कांग्रेसले मिलेर चुनाव लडेका थिए। यसमा आम आदमी पार्टीले ४ र कांग्रेसले ३ लोकसभा सिटमा चुनाव लडेको थियो, तर भाजपाले सबै ७ सिट जित्यो।

भाजपाले ५४.७% मत पायो भने इन्डिया ब्लकले कुल ४३.३% मत पायो। सबै सिटहरूमा जित र हारको अन्तर औसत १.३५ लाख थियो।

लोकसभा चुनावको लगभग ९ महिनापछि दिल्लीको चुनाव हुन्छ तर यति छोटो समयमा मतदानको प्रवृत्तिमा ठुलो परिवर्तन देखिने गरेको छ। पछिल्ला दुई लोकसभा (२०१४ र २०१९) र दुई विधानसभा चुनाव (२०१५ र २०२०) को तथ्याङ्क अनुसार, दिल्लीमा लगभग १८% स्विङ भोटरहरूले सत्ताको निर्णय गरिरहेका छन्।

स्विङ भोटर वा फ्लोटिङ भोटर भनेको त्यस्तो मतदाता हो जो कुनै पनि दलसँग सम्बन्धित छैनन् । उनीहरू हरेक चुनावमा आफ्नो फाइदा र बेफाइदाका आधारमा फरक-फरक दललाई भोट दिन्छन्।

सन् २०१४ मा पनि भाजपाले ७ वटै लोकसभा सिट जितेको थियो। यस अवधिमा, भाजपा ७० मध्ये ६० विधानसभा सिटमा अगाडि थियो। जबकि २०१५ को विधानसभा चुनावमा भाजपाले केवल ३ सिट जित्न सक्यो भने आपले ६७ सिट जित्यो।

त्यस्तै, २०१९ मा पनि भाजपाले सबै सात लोकसभा सिट जित्यो भने ६५ विधानसभा सिटमा अगाडि रह्यो। तर २०२० को विधानसभा चुनावमा, आपले ६२ सिट जित्दा भाजपाले ८ सिट मात्र जित्यो ।

हट सिट

आपका संयोजक अरविन्द केजरीवाल नयाँ दिल्ली सिटबाट चुनाव लड्दैछन् । उनको विरुद्ध दुई पूर्वमुख्यमन्त्रीका छोरा चुनावी मैदानमा छन् । भाजपाले १९९६ देखि १९९८ सम्म दिल्लीका मुख्यमन्त्री रहेका साहिब सिंह वर्माका छोरा प्रवेश वर्मालाई दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालको विरुद्धमा उम्मेदवार बनाएको छ। यता, कांग्रेस उम्मेदवार सन्दीप दीक्षित तीन पटक मुख्यमन्त्री बनेकी शीला दीक्षितका छोरा हुन्।

मुख्यमन्त्री आतिशी कालकाजी सिटबाट दोस्रो पटक चुनाव लड्दै छिन् । भाजपाले पूर्व सांसद रमेश बिधुडीलाई टिकट दिएको छ। उनी दक्षिण दिल्ली सिटबाट दुई पटक सांसद सदस्य भइसकेका छन्।

कांग्रेसको तर्फबाट अलका लाम्बाले तेस्रो मोर्चा खोलेकी छिन्। कांग्रेसको विद्यार्थी संगठन एनएसयूआईबाट आफ्नो राजनीतिक करियर सुरु गरेकी अलका २०१५ मा आपको टिकटमा चाँदनी चोकबाट विधायक बनेकी थिइन्।

पूर्वी दिल्ली लोकसभा अन्तर्गत पर्ने जंगपुरा सिटबाट पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया चुनाव लड्दै छन् । यद्यपि, २०१३ देखि उनी पटपडगञ्ज सिटबाट चुनाव लड्दै आएका छन्। सिसोदियाले २०२० को चुनाव झिनो मतान्तरले जितेका थिए। उनले भाजपा उम्मेदवार रवीन्द्र सिंह नेगीलाई मात्र ३२०७ मतले पराजित गरेका थिए।

यसपटक मनिषलाई पटपडगञ्ज सिटबाट जित्न गाह्रो देखिएकाले उनलाई जंगपुरा सिटबाट चुनावमा उठाइएको छ । गत चुनावमा आपका प्रवीण कुमारले यो सिट लगभग १६ हजार मतको अन्तरले जितेका थिए।

भाजपाबाट तरविन्दर सिंह मारवाह चुनावी मैदानमा छन्। उनी १९९८ देखि २०१३ सम्म यस क्षेत्रबाट तीन पटक कांग्रेसका विधायक भइसकेका छन्।  कांग्रेसले पूर्व मेयर फरहाद सुरीलाई टिकट दिएको छ। उनी दक्षिण दिल्ली महानगरपालिकामा विपक्षी नेता र दर्यागंजबाट चार पटक काउन्सिलर भइसकेका छन्। उनका बुबा ताजदर बाबर पनि विधायक थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?