© २०२३
काठमाडौं ।
दलितमाथि हिंसा गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरिएको छ ।
अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्री कै निर्देशनमा अत्याचार भएको भन्दै अधिकारकर्मीलगायतले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी दलित अधिकारकर्मी खगेन्द्र सुनार लगायतले गृहमन्त्रीले नै दलितमाथि अत्याचार गरेको भन्दै राजीनामा माग गरेका हुन् ।
राज्यका निकायमा बसेका मान्छेले नै दलितमाथि अत्याचार गरेको सुनारको आरोप छ । उनले कांग्रेस शिर्ष नेतासंग दलितमाथि भएको विभेदको धारणा माग गर्ने बताए । त्यस्तै सुनारले कांग्रेस पार्टी कार्यालय, दलिय आयोग लगाएतका निकायमा धर्ना दिने उल्लेख गरेका छन् ।
यता अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्रीको बारेमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गृह मन्त्रालयले आपत्ती जनाएको छ । मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ ।
संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।