ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बाँकेको डुडुवा गाउँपालिकामा नगर प्रहरी नियुक्त

२३ माघ २०८१, बुधबार
२३ माघ २०८१, बुधबार

नेपालगञ्ज, २३ माघ ।

बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरी परिचालन गरेको छ । ‘स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्धारा पारित सो सम्वन्धीको कार्यविधीले आवश्यक सबै प्रक्रिया पुरा गरि दक्षनगर प्रहरी नियुक्ती गरेको हो ।

स्थानीय तह अन्तर्गत विभिन्न सार्वजनिक सम्पत्तिको सरक्षण, गाउँबस्तीको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, दैवीप्रकोप व्यवस्थापन लगायतका कार्यमा सहयोग पुर्याउन नगर प्रहरी भर्ना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले स्थानीय सरकारका थुप्रै काम कर्तव्य र अधिकार रहेकाले सो अन्र्तगत सरकारी संरचनाको संरक्षण तथा व्यस्थापनाका लागिआफ्नै प्रहरीको आवश्यकता महसुस भएर नगर प्रहरी नियुक्ती गरिएको बताए ।

नगर प्रहरीले डुडुवामा रहेको नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, राजश्व संकलन, सरकारी जग्गाको अतिक्रमण रोक्न, विपद व्यवस्थापन, शान्ति सुरक्षालगायतको कार्यमा ठूलो सहयोग पुग्ने अध्यक्ष चौधरीले बताए ।

पालिकाले कानून अनुसारको कार्यविधीमार्फत भर्नाका चरणहरु पार गरी प्रहरी निरीक्षकको कमाण्डमा २५ जना नगर प्रहरी भर्ना गरिएको विषयविज्ञ अवकाशप्राप्त पुर्व प्रहरी नायब उपरीक्षक सुर्यबहादुर केसीले बताए । उनका अनुसार डुडुवा प्रहरी निरिक्षक, प्रहरी सहायक निरिक्षक, प्रहरी हवल्दार र डुडुवा प्रहरी जवान गरी २५ जना रहेका छन ।

भर्ना भएका सबै जना नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सेवामा काम गरिसकेको अनुभव रहेको छ । भर्ना भएका नगर प्रहरीलाई थप दक्ष बनाउन एक हप्ते आन्तरिक तालिम समेत प्रदान गरिएको विषयविज्ञ पुर्व डिएसपी केसीले बताए । उनले डुडुवाले ऐतिहासिक काम गरेको र यसले स्थानीय तहको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नियुक्त भएका प्रहरीहरुलाई एक कार्यक्रमकाविच गाउँपालिकाले दज्र्यानी चिन्ह र सुशोभन गरेको छ । दर्जयानी चिन्ह प्रदान गर्दै पालिका अध्यक्ष चौधरीले आफ्नै प्रहरीले कार्यसम्पादन गर्न सहज हुने भन्दै शान्ति सुरक्षा, दैवी प्रकोप व्यवस्थापन, सिमा अपराध नियन्त्रण, अबैध चोरी निकासी र पैठारी नियन्त्रण गर्न सहयोग मिल्ने भएकाले इमान्दरितापुर्वक दिएको जिम्मेवारी निर्वाह गरी काम गर्न निर्देशन दिए । प्रहरी भर्नामा गोरखाज सेक्युरिटीले प्राविधिक सहयोग गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?