Butwal Today

सुनको भाउ आज एकैदिन १ हजार ९ सयले वृद्धि

२२ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाण्डौ ।

सुनको भाउ आज एकैदिन एक हजार नौ सयले बढेको छ।

सुनको भाउ आज एक हजार नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

लगातार तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज बढेको हो। हिजो सुनको भाउ तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँ रहेको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ आज ३५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ३० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?