Butwal Today

बेलायती राजकुमारी सोफिया नेपालमा (फोटोफिचर)

२२ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

बेलायती राजकुमारी सोफिया नेपाल आइपुगेकी छन्। उनी राजकुमार एडवार्डकी श्रीमती हुन्। मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गर्दा उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए।

एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन्। राजकुमार एडवार्ड पनि आजै नेपाल आउँदैछन्। केही समयपछि उनी काठमाडौँमा अवतरण हुने बताइएको छ।

राजकुमार दिल्लीबाट र राजकुमारी लण्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत यात्रा गरेका छन्। ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ स्वदेश फर्किने कार्यक्रम छ।