ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

फोहोर व्यवस्थापन मुख्य चुनौती, खुल्ला ठाउँमा जलाउँदा बजार नै धुवामय

२२ माघ २०८१, मंगलवार
२२ माघ २०८१, मंगलवार

रुकुम पश्चिम, २१ माघ ।

बजार क्षेत्रबाट संकलित फोहोर खुल्ला ठाउँमा जलाउँदा मानव स्वास्थ्यमा ठूलो प्रभाव पारिरहेको छ । मानव जीवनमा सबैभन्दा ठूलो स्वास्थ्य हो । तर स्वास्थ्य माथि नै गम्भीर असर पर्ने गरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले विद्यालय क्षेत्रमा फोहोर जलाउँदै आएको छ । स्थानीय गिजागाड खोलाको छेउमा रहेको डम्पिङसाइटमा फोहोर जलाउँदा नजिकै दश मिटर दुरीमा रहेको शहिद स्मृति दिपज्योति नमुना विद्यालय सँगै राडीबजार क्षेत्र धुवामय बनेको हुन्छ ।

आठबिसकोट नगरपालिकाले २२ लाख १७ हजार रुपैयाँमा साइट र ३३ लाखमा रिटेनिङवालसहित ५ वर्ष पहिले नै डम्पिङसाइट निर्माण गरिसकेको छ । १३ सय १० वर्गमिटर क्षेत्रफलमा रहेको उक्त साइट नजिकै स्कुल र नगरपालिकाको भवन निर्माण भैरहेको फोहोर व्यवस्थापनमा समस्या देखिएको बताइन्छ । फोहोर जलाउँदा निस्केको धुँवाले विद्यालय क्षेत्र सहित बजारमा हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन् । दिनहुँ बजार क्षेत्रबाट निस्केको फोहोर बजार नजिकै जलाउँदा वायु प्रदूषण सँगै मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

त्यस्तै आठबिसकोट नगर अस्पतालबाट निस्केको फोहोर पनि अस्पताल छेउमा जलाईन्छ । जीवनको संरक्षणका रूपमा रहेको स्वास्थ्य संस्था संवेदनशील नभएपछि आमनागरिकको अस्पतालप्रतिको भरोसा पनि टुट्दै गएको छ । नगर अस्पतालबाट दैनिक निस्कने फोहोर खुल्ला ठाउँमा जलाउँदा यहाँका नागरिकको स्वास्थ्यमा समेत खेलवाड गरिएको छ । अस्पतालले दिनहुँ अस्पताल छेउमै फोहोर जलाउँदा एकातिर सहर कुरुप बन्नुका साथै अर्कोतिर मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । स्वास्थ्यजन्य फोहोर जलाउँदा अस्पताल आसपासका क्षेत्रमा दुर्गन्धित बन्नुका साथै सरुवा रोग फैलने सक्ने खतरा बढ्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार स्वास्थ्यजन्य फोहोर मध्ये ९२ प्रतिशत जोखिमयुक्त हुन्छन् । स्वास्थ्यजन्य फोहोरलाई प्रशोधित गरेर १० प्रतिशत जोखिममा झारेर मात्रै अस्पताल बाहिर पठाउनुपर्छ । अस्पतालभित्र अस्पतालजन्य फोहोर संशोधन वा भण्डारण केन्द्र खोलेर फोहोर व्यवस्थापन गर्नुपर्नेमा सिधै अस्पतालको प्रांगणमा फोहोर जलाउँदा नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको महसुस भएको छ । खुल्ला ठाउँमा फोहोर जलाउँदा वातावरण प्रदूषित हुनुको साथै प्लास्टिकजन्य वस्तुहरू जलाउँदा पर्यावरणमा नकरात्मक असर पर्ने गरेको छ । एक प्रतिवेदनअनुसार नेपालका ५ प्रतिशत मात्रै अस्पतालले अस्पतालमै फोहोर वर्गीकरण गरेर मात्रै संकलन र व्यवस्थापन गर्छन् । प्रतिवेदन अनुसार फोहोर व्यवस्थापनमा नेपालको अवस्था दयनीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?