ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

क्यान्सरविरुद्ध सामूहिक ऐक्यवद्धता

२२ माघ २०८१, मंगलवार
२२ माघ २०८१, मंगलवार

‘क्यान्सरविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस मनाईदैछ । नेपालमा पनि हरेक बर्ष यो दिवस मनाउने गरिएको छ । हरेक वर्षको फेब्रुअरी ४ मा क्यान्सरविरुद्धको विश्व दिवस मनाएर सचेतना प्रवद्र्धनमा टेवा पु¥याउने काम गरिएपनि पछिल्लो समय क्यान्सर विश्वकै लागि चुनौति बन्दै गएको छ । क्यान्सर रोग लाग्न नदिन तथा यसको नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमको खाँचो छ । क्यान्सर रोग लागेपछि कतिपय घर परिवारको बिचल्ली भएको अवस्था देखिएको छ । क्यान्सरको उपचार अत्यन्त महंगो भएको कारण अधिकांश घर परिवारको उपचारमै पहुँच पुग्दैन । त्यसकारण क्यान्सर रोग लाग्नै नदिनु सवैभन्दा उत्तम उपाय हो । चिन्ताको बिषय के छ भने पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको छ । खानपान, रहनसहन लगायतका विविध कारणले नसर्ने रोगहरू विकसित देशमा भन्दा नेपालजस्ता विकासोन्मुख देशहरूलाई चुनौतीको विषय बनेका छन् । त्यसका अतिरिक्त सुर्ती सेवन, लागूपदार्थ, असन्तुलित खानपान, धुमपान, मद्यपान लगायतका कारण क्यान्सर जस्तो रोग भयावह रूपमा देखापर्दै गएको छ ।
विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनका अनुसार प्रत्येक १० मृत्युमध्ये एकको मृत्यु क्यान्सरबाट हुने गरेको छ । यो प्रतिवेदनका अनुसार क्यान्सर हरेक बर्ष बढ्दै गएको छ । क्यान्सर पहिले नै पहिचान गर्न तथा क्यान्सरको परिक्षण गर्ने भरपर्दो स्वास्थ्य उपचारको पहुँच नहुँदा अन्तिम स्टेजमा मात्रै क्यान्सर पहिचानले उपचारमा चुनौति थपिने गरेको छ । नेपालमा ९० प्रतिशत मानिस अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेको देखिन्छ । सुर्तीजन्य पदार्थको सेवन, प्रदूषित वातावरण, खानपान, व्यायामको कमी, वंशाणुगत समस्या, विकिरणजस्ता कारणले क्यान्सर रोगीहरूको संख्या बढ्दै गइरहेको छ । नेपालमा यस विरुद्धको अभियानलाई सफल बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर क्यान्सरविरुद्ध सामूहिक रूपमै ऐक्यबद्धता प्रदर्शन गर्नु जरुरी छ । नसर्ने रोग भएपनि क्यान्सर रोग विश्वव्यापी चुनौती बनेको छ । तर, समयमै पहिचान र उपचार हुनसकेमा धेरै हदसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ । क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे निको हुने चिकित्सकको भनाई छ । शरीरमा कोशिकाको समूह अस्वाभाविक वृद्धि भएमा तिनै कोशिकाबाट गिर्खा या ट्युमर बन्ने गर्छ र क्यान्सर लाग्छ । पछिल्लोसमय फोक्सो, पाठेघर, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, स्तन र रगतको क्यान्सर धैरै हुने गरेको देखिएको छ । सरकारले क्यान्सर रोगीलाई उपचारका लागि एक लाख रूपैयाँ बराबरको सहयोग पनि दिँदै आएको छ । तर, त्यो अत्यन्त अपुग छ । क्यान्सर विरामीलाई एकलाख दिनुभन्दा यसको उपचार निशुल्क गर्नेतर्फ सरकारको ध्यान जाओस् । क्यान्सरबाट बच्नको लागि मादक पदार्थ र सुर्तीजन्य पदार्थ नखान, शरीरको तौल सन्तुलनमा राख्न र प्याकेटका खानेकुरा नखान चिकित्सकले सुझाएका छन । तसर्थ क्यान्सरबाट बच्न स्वास्थ्य सावधानी नै पहिलो प्राथमिकता हुनु जरुरी छ ।
क्यान्सरले हुने मृत्युको २२ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाईएकोले अव सुर्तीजन्य पदार्थ सेवनमा नियन्त्रण गरिनुपर्दछ । बाँकी क्यान्सरका कारणहरूमा विकिरणहरू अनि अन्य सङ्क्रमणहरू रहेका छन् । सुर्तीजन्य पदार्थको सेवन नगर्ने, शरीरको तौल सन्तुलनमा राख्ने, मदिरा र प्याकेटका खानेकुरा कम खाने, प्रशस्त फलफूल अनि तरकारी खाने तथा घामवाट बच्न सके क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने चिकित्सकहरूले बताउँदै आएका छन । क्यान्सर समयमै पहिचान हुन सकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । अवको दिनमा बिरामी भएर मात्र उपचारमा जाने परम्पराको अन्त्य गर्दै समयमै उपचार गर्नु जरुरी छ । क्यान्सरविरुद्ध सचेतनाका साथै क्यान्सरको उपचार निशुल्क गराउनेतर्फ हामी सवैको पहल जरुरी छ । क्यान्सर भएको व्यक्तिको घर परिवार उपचारकै क्रममा बिचल्ली हुने अवस्था आउन नदिनेतर्फ सरकारले ध्यान दिनु जरुरी छ । सरकारले क्यान्सरसंगै मुटु र मृगौला रोगको उपचार समेत निशुल्क गर्ने व्यवस्था गरे धेरै राहत हुनेछ । तसर्थ विश्व क्यान्सर दिवसको यो अवसरमा सरकारको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?