ट्रेंडिंग:

>> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की

हराउदै मौलिक र परम्परागत कुडुले घर

पर्यटक लक्षित मौलिक र परम्परागत कुडुले घरको डिजाईनमा परिवर्तन गरि सहुलियत उपलब्ध गराएर ‘पर्यटन गाउ’ को अवधारणा विकास गर्न सुझाव
२२ माघ २०८१, मंगलवार
२२ माघ २०८१, मंगलवार

पाल्पा, २१ माघ । आर्कषक लाग्ने कुडुले घर गोलाकार, माटोले लेपिएको, खरले छाएर बनाईन्छ । घुमारा शैली यो घर दुई दशक अगाडिसम्म घोरबन्दा, अर्गेनीका कुमाल समुदायमा धेरै थियो । परम्परागत र सानो लगानीमा तैयार हुने यो घर अधिकास स्थानियहरुले निमार्ण गर्थे । झिरुवासको मगर समुदायमा पनि कुडुले घर बनाउने होड नै थियो । संस्कृतिको रुपमा कुडुले घर थियो । न्युन लगानी, आफनै वरपरका कच्चा पदार्थबाट बन्ने हुदा पनि गाउघरमा छिमेकमा सहयोग आदानप्रदान गरेर घर निमार्ण गर्ने प्रचलन नै थियो । नया पुस्ता आर्थिक सम्पन्नतासंगै कुडुले घरको सट्टामा सिमेन्टका पक्कीहरु बनाउन लागे । पहाडी बस्तीमा बनाईदै आएका यस्ता घरहरु बिस्तारै हराउदै गएका छन । किताव, कापी र क्यालेण्डरको आवरण पृष्ठमा कुडुले घर सिमित बन्दै गयो ।

पछिल्लोसमय निस्दी गाउपालिकाको खाँदर र रिब्दीकोट गाउपालिकाको वाङसुरुङमा समेत केही मात्रामा यस्ता घरहरु छन् । खाँरदका ३ दर्जन बढी घरहरुबाट घटेर २/४ मा सीमित भएका छन । यहा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको आफना मोवाइल र क्यामरामा यिनै घरमा हुने गरेका छन । ‘मेरो घरमा दिनहु जसो पर्यटकहरु आफनो फोटो कैद गर्ने गरेका छन ।’–स्थानिय तथा पुराना पुस्ताका खुम बहादुर सोती भन्छन । आफना पुस्ताका लागि गरिबका घरको रुपमा पहिचान बनाएको भन्दै अहिले नया पुस्ताका लागि यो घर नौलो लाग्ने उनले बताए ।

त्यस क्षेत्रमा रहेको कवुलियत वनको अध्ययन, अवलोकन गर्न दिनहु जसो ठुलो सख्यामा आउने आन्तरिक पर्यटकहरु सवारीका साधन रोकेरै क्यामरा, मोवाइलमा यस्ता घरहरुको फोटो खिच्ने गरेको पुराना पुस्ताका दिल बहादुर सारु बताउछन् । ‘विदेशी पर्यटकले त घर भित्रै पसेर फोटो लिने गर्दछन् ।’– उनले भने । परम्परागत यस्ता घरमा दर्जनौ पुस्ताहरु हुर्किए । अब यी घरहरु नया पुस्ताका लागि भने नया र नौलो भएको छ । ‘पहिला पहिला यस्ता घरहरुको पनि फोटो खिच्ने भनेर हामीलाई लाज लाग्दथियो । तर आज भोलि हामीहरु गर्भ गछौं ।’–उनले भने । विदेशी पर्यटकहरुले त फोटो खिचे वापत पैसा समेत दिने गरेको स्थानियहरु बताउछन् । पर्यटनमा संस्कृतिको महत्वलाई गाउलेहरुले बुझन लागेका छन ।

आर्थिक अवस्था कमजोर भएकाहरु बस्ने घर भन्ने मानसिकता बोकेको समाजमा अहिले भने यो संस्कृतिको महत्व बढेको छ । वातावरणीय हिसाबमा यस्ताहरु गर्मी र जाडो दुबै मौसममा बस्न योग्य हुन्छ । ‘वातावनुकुल घर हो ।’– स्थानिय पुर्वशिक्षक दमन सिह पाटा बताउछन् । यस्ता घरमा सयौं परिवारको सिर्जना भयो यो नै यहाको मौलिक पहिचान भएको उनी बताउछन । अम्लिसो खेति हेर्न आउनेहरुले फोटो खिच्ने र नया पुस्ता त यस्ता घरहरुलाई साक्षी राखेर टिकटक बनाउने गरेको उनि बताउछन । गोलो तथा कुडुले घरहरु निस्दीको लागि राम्रो पहिचान बने पनि यस्ता घरको संरक्षण तर्फ स्थानिय सरकारको ध्यान पुग्न नसकेको स्थानिय हुम कुमारी सुनारी बताउछिन् । ‘गरीबीका कारण पहिले अर्का घर बनाउन सकिएन ।’–उनले भनिन । यस्ता घर हाम्रो पहिचान हो भन्ने स्थानिय सरकारको नारा मात्र बनेको उनको दुखेसो छ । ‘यहा बस्न कति दु.ख हुन्छ भन्ने भोग्नेलाई थाहा हुन्छ ।’–उनले भनिन । पहिला देखि नै यस्ता घरको संरक्षण गर्न तर्फ वडा देखि प्रदेस हुदै संघिय तहका जनप्रतिनीधिको चुनावी नारा मात्र बनाउने र निर्वाचन पछि कार्यान्वयन शुन्य नै भएको स्थानियहरु बताउछन् । अहिले पनि यही गरिबीको दलदलमा फसेकाको मात्र यस्ता घरहरु छन् । आर्थिक सम्पन्न भए यसको ठाउमा सिमेन्टको घर बन्ने उनिहरुको दाबी छ ।

स्थानिय सरकारले आफनो लिखित दस्तावेज तथा शैक्षिक क्यालेण्डरमा घरको फोटो राख्ने तर संरक्षणको पाटोमा नीति बनाउन पहल नगरेको सामाजिक अभियान्ता बुध माया पाटा मगर बताउछिन् । यस क्षेत्रको पहिचान बनेको सास्कृतिक गुडुले घर पछिल्लोसमय एकपछि अर्को गरी हराउदै गएको उनको दुखेसो छ । कुडुले घरलाई संस्कृतिसंग जोडेर आयआर्जनको पाटोबाट अघि बढाउ सरकारबाट योजना बुन्नुपर्ने उनको सुझाव छ ।

खाँदरको गोलो घर तथा कुडुले घर यहाको पहिचान भएको निस्दी गाउपालिका प्रमुख मुक्त बहादुर सारु बताउछन । यस्ता घरहरु संरक्षणका लागि स्थानिय सरकार पहलकदमी गरेको दाबी गर्छन । स्थानिय सरकार यो संस्कृति संरक्षणका लागि पटकपटक स्थानियसंग छलफल, अन्तरकृया गरेर नीतिगत रुपमा पहल गर्न तयारीमा रहेको बताउछन । पर्यटन गाउको रुपमा विकास गर्ने गरि अघि बढ्न सकेमात्र यो संस्कृति बच्ने हुदा पनि यसतर्फ ध्यान गएका उनि बताउछन ।

घरको प्रवेश गर्ने एउटा ढोकामा हुने र झयाल नहुने यो घरको विशेषता हुने नया पुस्ताका दिपक सारु बताउछन । उज्यालो छिर्ने त्यही प्रवेशद्धार र घर भित्रको बिच भागमा आगो बाल्ने चुल्हो राख्ने चलन हुन्छ । परिवारका सबै एउटै ठाउ सुत्ने, आफन्त आए समस्या हुने अवस्था यो घरमा हुने हुदा कतिपय नया पुस्ताहरु नया डिजाईनका घरमा आर्कषित भएको उनि बताउछन । खरबाट बनेको यो घर गर्मीमा आगोको डर, वर्षामा विषालु सर्प, छाना चुहिने जस्ता समस्या हुदा मर्मतमा खर्च बढि लाग्दा नया डिजाईनका घरमा नया पुस्ता आर्कषित हुदै गएको उनि बताउछन । यो घरको डिजाईनमा केही परिवर्तन गरि स्थानिय बासिन्दाहरुलाई सहुलियत दिनसके भने यो संस्कृति जर्गेना गर्न सकिने उनी बताउछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?