Butwal Today

सिद्धार्थ बिजनेश ग्रुपको २७ औ वार्षिकोत्सव, विविध कार्यक्रम गरि मनाउदै

२२ माघ २०८१, मंगलवार
अ+
अ-

बुटवल, २२ माघ । हस्पिटालिटी क्षेत्रमा बेग्लै पहिचान बनाएको सिद्धार्थ बिजनेश ग्रुपले आफनो २७ औ वार्षिकोत्सबको अवसरमा विविध रचनात्मक कार्यक्रम गरेको छ । स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार तिलोत्तमा ७, भलबारीस्थित सृजनशिल संस्था नेपालमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न, शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । संस्थामा आश्रित ३२ जना बालबालिकासहित ४० लाई शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण गरिएको कटेजका प्रबन्धक पुरुषोत्तम आचार्यले बताए । सेवामुलक संस्थाको रुपमा पहिचानसंगै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको भन्दै उनले स्थापना दिवसकै अवसरमा २२ गते रक्तदान र २३ गते शुभकामना आदानप्रदान कार्यक्रम हुने बताए ।

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोग र नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्यमा रक्तदान कार्यक्रम गरिने उनले बताए । २७ औ स्थापना दिवसको दिन ग्राहकलाई कटेजको खानामा २७ प्रतिशत छुट दिईने उनले बताए । मिलनचोकमा रहेको कटेजमा हाल १७ जना किचन स्टाफसहित ६२ जना कर्मचारी कार्यरत छन ।