Butwal Today

चीनले अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत अतिरिक्त कर लगायो

२२ माघ २०८१, मंगलवार
अ+
अ-

वाशिङटन डीसी ।

अमेरिकाले चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ। यो कदम चीनले जस्तालाई त्यस्तै गर्ने नीति अन्तर्गत चालेको हो।

चीनको पछिल्लो निर्णयले अमेरिकाबाट भित्रिने ठुला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई असर गर्नेछ। अमेरिकाले चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर कार्यान्वयनमा आएको छ, जुन आज समाप्त हुँदै थियो।

यसै बीच, चीनले प्रतिरोधात्मक कर घोषणा गरेको छ। अमेरिकाले मेक्सिको र क्यानडा विरुद्ध लगाइएको २५/२५ प्रतिशत अतिरिक्त कर भने ३० दिनको लागि स्थगित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?