ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
१३ औँ वार्षिकोत्सव विशेष

ठाउँ हेर्दै, स्वाद लिँदै

२२ माघ २०८१, मंगलवार
२२ माघ २०८१, मंगलवार

माछा भन्ने बित्तिकै रूपन्देहीको छपीया प्रसिद्ध छ । यहाँ माछा पाल्ने किसानमात्रै होइन माछाका परिकार चखाउने थलोको पनि विकास भएको छ ।भैरहवाबाट करिब १० किमी पश्चिम उत्तरतर्फ सियारी गाउँपालिकामा पर्ने छपियामा बुटवल–भैरहवा सडकखण्डको जुनसुकै स्थानबाट र पूर्व–पश्चिम राजमार्गमा पर्ने रूपन्देहीको तामनगर, सालझण्डी, रुद्रपुरबाट पनि सहजै पुग्न सकिन्छ । तपाईंलाई फरकखालको माछाको स्वाद र वातावरणमा रमाउनका लागि यो ठाउँ उपयुक्त छ । माछा उत्पादनमा प्रसिद्धी कमाएको यो ठाउँमा मत्स्य पर्यटन फराकिलो बन्दै गएको छ ।
माछा उत्पादन र व्यवसायिकतामा सहयोग गर्ने गरेको छ । माछाका परिकार खान मन पराउने जो कोहीको पनि यो पहिलो रोजाई बनेको छ । छपियामा झोल माछा, फ्राइ, माछाको सेकुवा, स्टिम, ब्वाइल, माछा तावा, माछाको मःमः, माछा चिल्ली, बोनलेस, फिसबल, फिस फिंगर, माछाको छोइला लगायतका डेढ दर्जन परिकार उपलब्ध छन् ।

रूपन्देहीको देवदहबाट उत्तर लागेपछि चरङ्गे गाउँ पुगिन्छ । चारैतर्फ जंगलको बीच सुन्दर बस्तीमा धेरै मानिसहरू लोकल कुखुराको मासु र लोकल कोदोको ढेँडो खान पुग्छन् । त्यहाँ पुगेपछि स्थानीयबासीले तयार गरेर कुखुरा, खसी, बोका, बंगुर, हाँसको मासुका परिकार सहित स्थानीयस्तरमा तयार पारिएको कोदो, लोकल रक्सी समेत खान पुग्छन् । त्यसैगरी भैरहवाको पवनको पेडा पनि अति लोकप्रिय छ । यहाँ पाईने पेडा खानका लागि धेरै टाढा–टाढाबाट मानिसहरू आउने गरेका छन् । त्यसैगरी लुम्बिनी घुम्न आउने मध्ये धेरैजसोले पवनको पेडाको स्वाद लिएर जाने गर्दछन् । पाल्पा भन्ने बित्तिकै धेरैको मुखमा चुकौनीको स्वाद आउने गर्दछ । चुकौनी हरेक खानासँग मिल्ने भएका कारणले पनि सबैले मन पराउँछन् । खाँदा अमिलो, पिरोे स्वाद हुने भएकाले पनि धेरैले मन पराउँछन् । यसको स्वाद लिन बुटवल, भैरहवा देखि कपिलबस्तु नवलपरासीका मानिसहरू धेरैजसो गर्मी छल्न पाल्पा जानेर चुकौनी खाने गरेको भेटिन्छ । पाल्पा जाने हेरक चोक, पसल, होटलमा चुकौनी खान पाईन्छ । दही, आलुलाई मिसाएर बनाईने परिकार अत्यन्त स्वादिलो हुने भएकाले पनि धेरैको रोजाईमा पर्ने गर्दछ । पाल्पाका धेरै घरहरूमा पनि यसको परिकार बनाउने र आफन्त पाहुनाहरूलाई खुवाउने प्रचलन रहेको छ ।

कपिलबस्तु पुगेपछि जो कोहीले पनि लङ्गलट्टा नखाई फर्किदैनन् । देख्दा सामान्य आलुको समोसा जस्तै देखिए पनि स्वाद अत्यन्त मिठो हुन्छ । मैदा भित्र तयार पारिएको कुरौनी राखेर चिनीको चास्नीमा डोबेर तयार पारिएको मिठाईको स्वाद लिन कपिलबस्तुको तौलिहवा पुग्नुपर्छ ।वलपरासीमा थारु जातीको स्थानीय परिकार घोंगी खान पाईन्छ । पहिले पहिले गाउँघरमा खाने परिकारलाई अहिले बाहिरबाट आउनेहरूका लागि नवलपरासीको सदरमुकाम परासी बजारबाट करिब ३ किलोमिटर पूर्व पुगेपछि पुगिने थारु रिसोर्टमा घाेंगीका परिकार खान पाईन्छ । यहाँ घाेंगी खानका लागि नवलपरासी सहित छिमेकी जिल्लाका मानिसहरू धेरै जाने गरेका छन् । त्यहाँ पर्यटकहरू आउने बित्तिकै पोखरीमा पालेका घाेंगीलाई निकाल्ने र परिवार बनाउने गरिन्छ ।

दहमा फूल्ने कमलका जरा निकाल्ने र चाना बनाएर अचारको रूप दिने गरिन्छ । पछिल्लो समयमा स्थानीय होटलको भान्सामा कमलको अचार अनिवार्य जस्तै बनेको छ । कमल दहबाट निकालिएका जरा अचारकै लागि स्थानीयले किन्छन् । जरा धेरै हुँदा बिक्री गरेर बाँकी रहेको चाना बनाउन थालिएको हो ।

गुल्मीको गुड पनि लोकप्रिय स्वादमा गनिन्छ । विशेषगरी गुल्मीको रिडी बजारमा जहाँ पनि पाईने गुडको स्वाद निकै मिठो र स्वादिलो हुने भएकाले पनि गुल्मीको गुड असाध्यै परिचित छ । स्थानीय किसानले आफ्नै बारीमा उत्पादन गरेको उखुबाट नै गुड तयार गर्ने भएकाले पनि यसको स्वाद निकै मिठो छ । गुल्मीका रुरुक्षेत्र र छत्रकोट गाउँपालिकामा उखुको राम्रो उत्पादन छ । गुडले विशेष गरेर थोर्गेली गुडले राम्रो बजार बनाएको छ । उखुको काम र व्यापार बाह्रैमास हुन्छ । उखुबाट रस, खुदो र गुड उत्पादन हुने भएकाले मंसिरदेखि चैतसम्म किसानलाई अर्को काम गर्ने फुर्सद मिल्दैन ।
कफीका लागि पनि गुल्मी परिचित छ । कफी उत्पादनको पकेट क्षेत्र मुसिकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकाका विभिन्न क्षेत्रमा कफी लगाइएको छ । जिल्लाका अन्य स्थान मालिका, मदाने, इस्मा, धुर्कोट, रेसुङ्गा, गुल्मीदरबार, छत्रकोट, सत्यवती, चन्द्रकोट र कालीगण्डकीमा समेत कफी खेती गरिएको छ । जिल्लामा ठूला कफी बगैंचा नरहेको तर कफी खेती छरिएको छ ।

थारुहरूको रैथाने परिकार ढिकरी खान दाङ्ग पुग्नुपर्छ । यहाँ परापूर्वकाल देखि नै ढिक्री, सुंगुरको मासु, लोकल चल्लाको मासु, घोंगी, गंगटा, अनदीको झोललगायत खानाले प्रचलित छ । विशेषगरी थारु समुदायको माघी पर्वमा चामलको पिठोबाट बनाइएको ढिक्री बढी प्रयोगमा आउने गर्छ । चामललाई मसिनो गरि पिसेको पिठोलाई पानीमा भिजाइ डल्लो बनाइन्छ । त्यो भिजेको पिठोको सानो–सानो डेल्लो तयार गरि विभिन्न आकारको बनाइएको हुन्छ । एउटा ठूलो भाँडोमा पानी पकाइन्छ त्यो पाकिरहेको पानीमाथि ढ्कियामा ढिक्री राखेर माथिबाट अर्को ढकियाले छोपेर पानीको बाफमा पकाउने परिकार हो ।

त्यसैगरी रोल्पामा पुग्ने पर्यटकहरूले त्यहाँ लोकल आलुका परिकारको स्वाद नलिईकन फर्किदैनन् । त्यहाँ उत्पादन भएका आलुबाट पकौडा, आलुको आटो, अचार र आलुको दालको स्वादले पर्यटकहरू मख्ख पर्ने गर्दछन् । त्यसैगरी त्यहाँ पुग्ने धेरैले आलु किन्ने गर्दछन् । नेपालगञ्ज पुग्नेहरू रावडीको स्वाद लिन सक्छन् । दूधबाट बनेको विशेष परिकार हो यो । नेपालगन्जको त्रिभुवन चोकका मिठाई पसलमा रावडीको परिकार बिक्री हुँदै आएको छ । आफन्तहरू जाँदा वा आउँदा यो परिकार खुवाउने र कोसेलीका रूपमा लैजाने परम्परा रहेको छ । नेपालगन्जको राबडी काठमाडौँ लगायत देशका ठूला सहर र चारतारे होटलका भान्सामा समेत पुग्छ । नेपालगन्जलाई चाट र राबडीको सहरका रूपमा पनि लिइन्छ । नेपालगन्ज आउने जो कोही राबडीको स्वाद लिएर मात्र फर्किन्छन् ।

रुकुममा कमलको डाँठबाट तयार गरिएको अचार खान पर्यटकको भीड पनि राम्रै हुने गर्दछ । रुकुम पुग्ने जो कोहिले पनि अचारको स्वाद नलिईकन फर्किदैनन । सिजनमा जानेले ताजा कमलको डाँठबाट बनेको अचार त बेसिजनमा पुग्नेले सुकाएर राखिएको अचारको स्वाद लिन गर्दछन् ।दहमा फूल्ने कमलका जरा निकाल्ने र चाना बनाएर अचारको रूप दिने गरिन्छ । पछिल्लो समयमा स्थानीय होटलको भान्सामा कमलको अचार अनिवार्य जस्तै बनेको छ । कमल दहबाट निकालिएका जरा अचारकै लागि स्थानीयले किन्छन् । जरा धेरै हुँदा बिक्री गरेर बाँकी रहेको चाना बनाउन थालिएको हो । ‘दहले मात्र होइन, अब रुकुमकोट कमलको अचारले पनि चिनिन थालेको छ । कमलको अचार स्वादिष्ट हुनुका साथै स्वास्थ्यबद्र्धक पनि मानिन्छ । आयुर्वेदमा कमलको जरा पिसाब र दम रोगका लागि राम्रो औषधि मानिन्छ । माघदेखि वैशाखसम्मै ताजा जराकै अचार पाइने भएपनि अन्य समयमा सुकाएका चानाबाट बनाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?