ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

महेश बस्नेतविरुद्ध रवि लामिछानेको समूह लागेको युवासंघ महासचिवको आरोप

२१ माघ २०८१, सोमबार
२१ माघ २०८१, सोमबार

काठमाडौं, २१ माघ ।

नेकपा एमालेका युवा नेता महेश बस्नेतविरुद्ध रवि लामिछानेको समूह लागेको आरोप लागेको छ ।नेपाल युवा संघका महासचिव सुमन पुरीले ‘झुटा आरोप’ ठाउँ-ठाउँबाट अयोग्य साबित हुँदा पनि अझै शोभा पाठकलाई प्रयोग गरिरहेको पुरीको आरोप छ ।‘६ महिना अगाडि नै नेकपा एमालेका युवा नेता महेश बस्नेतविरुद्ध शोभा पाठकले हालेको उजुरीमा उच्च अदालतले दाबी नपुग्ने ठहर गरेको थियो। प्रमाण अभावका कारण प्रहरी र सरकारी वकिलले उक्त उजुरी तामेलीमा राख्ने निर्णय गरे, जुन अदालतले सदर गरिसकेको छ’ उनले भनेका छन्।

भारतको अस्पतालमा पाठकको उपचारको क्रममा जबर्जस्ती पति उल्लेख गर्न लगाएको पुरीले जनाएका छन्। सो कार्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समूह लागेको उनको दावी छ। ‘तर, तीन महिना अगाडि षड्यन्त्रकारीहरूले नयाँ नाटक गरे। रवि लामिछानेको आदेशमा राजिव खत्री, निकिता पौडेल र ज्वाला संग्रौलाले मिलेर नेपाल महिला संघ, ललितपुरकी शर्मा नामकी महिलालाई प्रयोग गरी हरियाणा, भारतसम्म पुर्याए। त्यहाँ ५ हजार घुस खुवाएर तुलसी मेन्टल अस्पतालमा मानसिक उपचार गराएको नाटक गरे। त्यही अस्पतालको कागजातमा पति महलको स्थानमा महेश बस्नेतको नाम लेखाइयो,’ पुरीले भनेका छन्, ‘पछि, सुरेन्द्र भण्डारीमार्फत उक्त नक्कली कागजातलाई पुरक प्रमाण भन्दै प्रहरीसमक्ष बुझाइयो। तर, प्रहरी र सरकारी वकिलले गहिरो अनुसन्धान गर्दा यो झूठो र षड्यन्त्रपूर्ण योजना भएको पुष्टि भईसकेको छ।’

शोभा पाठकले लगाएको आरोपमा कुनै सत्यता नभएको महासचिव पुरीको दावी रहेको छ। ‘यसअघि पनि भारतमा बनाइएका नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएका सेना, प्रहरी, र कर्मचारीहरूको जागिर अख्तियारले खोसिसकेको छ। तर, अब झूठा प्रमाण र षड्यन्त्रको आधारमा महेश बस्नेतको उर्जावान राजनीति समाप्त पार्ने सपना देख्ने षड्यन्त्रकारीहरूको अन्त्य हुने छ।’राजिव खत्री, ज्वाला संग्रौला, शोभा पाठक र उनीहरूका मतियारहरूले षड्यन्त्र र हनी ट्र्यापको माध्यमबाट एमालेका युवा नेतालाई फसाउने दुष्प्रयास गरेका छन्। अब यी सबै अपराधीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्छ। एमालेका नेताविरुद्ध षड्यन्त्र गर्नेहरूका दिवासपना चकनाचुर हुनेछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?