ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

लुम्बिनी होटल संघ नेपालको छैठौं साधारण सभा सम्पन्न

२१ माघ २०८१, सोमबार
२१ माघ २०८१, सोमबार

रुपन्देही, २१ माघ ।

रुपन्देही लुम्बिनी होटल संघ नेपालको छैठौं साधारण सभा तथा बनभोज कार्यक्रम २०८१ कन्चन गाउँपालिकाको गजेडी तालमा सम्पन्न गरेको छ। लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले कार्यक्रममा बोल्दै लुम्बिनी होटल संघ स्थापना कालदेखि लुम्बिनीका होटल व्यवसायहरूलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्धन नेपालको समग्र विकासमा पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका रहेको छ र रहनेछ। त्यसमा पनि लुम्बिनीको पर्यटनको संभावना देशकै सबैभन्दा धेरै रहेको छ। लुम्बिनीको महत्व र गरिमालाई हामीले विश्वसमक्ष बुझाउन नसकिरहेको आजको अवस्थामापनि लुम्बिनीमा विश्वका धेरै देशहरूबाट देशकै सबैभन्दा धेरै संख्यामा पर्यटक आएको कुरा तथ्यांकले बताएको छ।

भगवान गौतम बुद्धको पवित्र जन्मस्थल भएकै कारणले यहाँको पर्यटन प्रचुरको संभावना रहेको कारण सरकारले लुम्बिनीलाई विशेष रूपमा हेरेको छ र ठूलो लगानी समेत गरेको छ। लुम्बिनी होटल संघ नेपाल लुम्बिनीमा पर्यटन क्षेत्रमा स्थापित संस्थाहरू मध्ये जेठो संस्था हो। करिव १६ वर्षदेखि लुम्बिनीमा विभिन्न रूपमा कार्य गर्दै, विगत ६ वर्षदेखि विधिवत दर्ता भइ कार्यरत यस संघमा बुद्ध जन्मस्थल वरपर खुलेका लुम्बिनीका ७२ वटा होटलहरू आवद्ध भएतापनि अनौपचारिक रूपमा लुम्बिनी वरपरको समग्र पर्यटन व्यवसायीहरूको छाता संस्थाका रूपमा यसले कार्य गर्दै आइरहेको छ। यस संघले विगतका वर्षहरूमा झैं यस वर्ष पनि लुम्बिनीमा आफ्नो संस्थागत भूमिकामा देखिनेगरी विभिन्न कार्यहरू गर्दै आइरहेको विधितै छ। कतिपय अघिल्ला वर्षहरूमा गर्न नसकिएका कार्यहरू पनि गर्दै र अघिल्ला वर्षहरूमा अघि बढाइएका कार्यहरूलाई निरन्तरता दिने ज्ञवालीले बताए।

लुम्बिनी होटल संघ नेपालका महासचिव पुरुषोत्तम अर्यालले यस संघले विगतको वर्षभरिमा गरिएका कामहरूको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै र आगामी वर्ष गरिने कार्यहरू सहितका भावी योजनासहित संस्थागत प्रतिवेदन अर्यालले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम गोविन्द ज्ञवालीको अध्यक्षतामा संघका सल्लाहकार हेम बहादुर बिष्टको प्रमुख अतिथिमा, लिलामणी शर्माको विशिष्ट अतिथिमा, अध्यक्ष मिथुन मान श्रेष्ठ, उपाध्यक्ष लिलामणी शर्मा, उपाध्यक्ष शेखर कार्की, सचिव भुपेन्द्र गुरुङ, टीका कुमारी कट्टेल लगायतले आफ्नो मन्तव्य राखेका थिए।

साधारण सभाले रिक्त कोषाध्यक्ष पदमा कृष्ण खत्री र सह-कोषाध्यक्ष पदमा जगत थापालाई चयन गरि लुम्बिनी होटल संघ नेपालको छैठौं साधारण सभा तथा बनभोज कार्यक्रम गजेडी तालमा सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?