Butwal Today

नेताहरूको कार्यविभाजन गर्न माओवादी पदाधिकारी बैठक जारी

२१ माघ २०८१, सोमबार
अ+
अ-

काठमाडौं, २१ माघ ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवास खुमलटारमा बैठक जारी रहेको हो ।

आजको बैठकमा नेताहरूको कार्यविभाजन तथा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको छ ।

गएको पुस तेस्रो साता बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरे पनि अझै टुंगिएको छैन । नेत्री पम्फा भुषालले बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजनको प्रस्ताव गर्दैछिन् ।