Butwal Today

चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडा स्थानान्तरण गर्यो

२० माघ २०८१, आइतबार
अ+
अ-

नवलपरासी, २० माघ

चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडालाई स्थानान्तरण प्रक्रिया सुरु गरेको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार, पोथी गैँडालाई चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र नवलपुरबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो।

निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या अत्यधिक भएपछि, चारवटा गैँडालाई निकुञ्जको पूर्वी क्षेत्र तर्फ स्थानान्तरण गर्ने काम शुरु गरिएको छ। यस पख का चार गैँडामा अब दुईवटा भाले र एउटा पोथी गैँडा स्थानान्तरण गरिनेछन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार, नवलपुर क्षेत्रबाट स्थानान्तरण गरिएका गैँडाहरूलाई पूर्वी क्षेत्रमा रहेको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोडिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?