ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

हराउदै एतिहासिक घरहरु

२० माघ २०८१, आइतबार
२० माघ २०८१, आइतबार

पाल्पा,२० माघ ।

दुई दशक अगाडि सम्म घोर्वन्दा, अगेनीका कुमाल समुदाय देखि झिरुवासको मगर समुदायको जीवन निर्वाहका लागि निर्मित कुडुले घर यतिखेर नयाँ पुस्ताका लागि नयाँ र नौलो भएको छ। यस्ता परम्परागत र सानो लगानीमा तयार हुने यस्ता घरमा दर्जनौं पुस्ताहरु हुर्किएका थिए। आज यस्ता घरहरु किताब कापी र क्यालेण्डरको आवरण पृष्ठमा प्रकाशन भइरहेका छन्।पहाडी बस्तीमा कम खर्चमा बनाइएका यस्ता घरहरू बिस्तारै हराउँदै गएका र यस्ता कुडुले घरको सट्टामा सिमेन्टका पक्की घरहरू बन्दै गएको स्थानियहरू बताउँछन्। निस्दी गाउँपालिकाको खाँदरमा केही मात्रामा यस्ता घरहरू छन् भने त्यसै गरी रिब्दीकोट गाउँपालिकाको वाड्डसुरुड्डमा समेत यस्ता घरहरू देख्न पाइन्छ। पहिले पहिले खाँरदमा यस्ता घरहरू ३० भन्दा बढी थिए भने आजभोलि २, ४ घर मात्र देख्न पाइन्छ। यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले आफ्नो मोबाइल र क्यामेरामा आफ्ना घर दिनहुँ जसो कैद गर्ने गरेका छन्, स्थानिय तथा पुराना पुस्ताका खुम बहादुर सोती बताउँछन्।

अहिले नयाँ पुस्ताका लागि नौलो लाग्दछ तर आफना पुस्ताका लागि गरिबीका कारण यस्ता घरहरू बनाउन बाध्यता भएको पुराना पुस्ताका दिल बहादुर शारु बताउँछन्। कम खर्चमा यस्ता घरहरू बन्ने उनले बताए।

कवुलियत वनको अध्ययन अवलोकन गर्न दिनहुँ जसो ठूलो संख्यामा आउनेहरूले सवारीका साधन रोकेरै क्यामरा र मोबाइलमा यस्ता घरहरूको फोटो खिच्ने तछाडमछाड गर्ने गरेको छ। विदेशी पर्यटकले त घर भित्रै पसेर फोटो लिने गर्दछन्। पहिले पहिले यस्ता घरहरूको फोटो खिच्न भनेर हामीलाई लाज लाग्दथ्यो, तर आज भोलि हामी गर्व गर्छौं। विदेशीले फोटो खिचेपछि हामीलाई २, ४ रुपैयाँ हातमा राखी दिने गरेका छन्, स्थानियहरू बताउँछन्।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले यस्ता घर बनाउने हो भन्ने हाम्रो मानसिकतामा अहिले पनि छ। यसको नराम्रो पक्ष भनेको घरमा झ्याल नै हुँदैन। वातावरणीय हिसाबले यस्ता घरहरू गर्मी मौसममा चिसो र जाडो मौसममा तातो हुन्छ। यस्ता घरमा सयौं परिवारको सिर्जना भयो, यो नै यहाँको मौलिक पहिचान भएको स्थायी पूर्व शिक्षक दमन सिंह पाटा बताउँछन्। यही पहिचानका कारण अम्लिसो खेती हेर्न आउनेहरूले फोटो खिच्ने र नयाँ पुस्ता त यस्ता घरहरूको साक्षी राखेर टिकटक बनाउने गर्दछन्। गोलो तथा कुडुले घरहरू निस्दीको लागि राम्रो पहिचान बने पनि यस्ता घरको संरक्षणतर्फ स्थानिय सरकारको ध्यान पुग्न नसकेको स्थानिय हुम कुमारी सुनारी बताउँछिन्।

गरीबीका कारण पहिले पनि अरका घर बनाउन सकिएन। अहिले पनि यही गरिबीको दलदलमा फसेका कारण मात्र यस्ता घरहरू छन्। आर्थिक सम्पन्न भए यसको ठाउँमा सिमेन्टको घर बन्ने थियो। यस्ता घर हाम्रो पहिचान हो भन्ने त स्थानिय सरकारको नारा मात्र हो, बस्न कति दुःख हुन्छ भन्ने भोग्नेलाई थाहा हुन्छ। पहिले देखि नै यस्ता घरको संरक्षण गर्न तर्फ वडा देखि प्रदेश हुँदै संघीय तहका जनप्रतिनिधिको चुनावी नारा मात्र बनाउने र निर्वाचन पछि कार्यान्वयन शून्य नै भएको स्थानियहरू बताउँछन्।

स्थानिय सरकारले आफ्नो लिखित दस्तावेज तथा शैक्षिक क्यालेण्डरमा यहाँको गोलो घरको फोटो राख्न कहिल्यै पनि छुटाउँदैन, तर संरक्षण गर्नु पर्छ भनेर कहिल्यै पनि नीति बनाएन। यदि यहाँको पहिचान भन्ने काम केही पनि नगर्दा यहाँबाट यस्ता घरहरू एकपछि अर्को गर्दै हराउँदै गएका छन्, स्थानिय तथा सामाजिक अभियान्ता बुध माया पाटा मगर बताउँछिन्।

स्थानिय सरकारका प्रमुख भुक्त बहादुर शारु भन्छन्, “खाँदरको गोलो घर तथा कुडुले घर यहाँको पहिचान हो। यस्ता घरहरू संरक्षणका लागि स्थानिय सरकारले पहल गरेको छ। स्थानिय सरकारले पटक पटक स्थानियसँग छलफल तथा अन्तरक्रिया पनि गरेको छ। पहिले यहाँ यस्ता धेरै घरहरू थिए र ढुंगा र माटो पुराउन नसक्नेले यस्ता घर बनाउने हो। यस्ता घरहरूमा सयौंको संख्या मा छोरा छोरी जन्मिए। अब नयाँ पुस्ता यस्ता घरमा बस्न चाहदैनन्। त्यसैले गर्दा पुराना घरहरू भत्किएर गए। नयाँ बनाइदैनन्, त्यसैले यस्ता घरहरू हराउन पुगेका छन्,” स्थानियहरू बताउँछन्।

नयाँ पुस्ताका दिपक शारु भन्छन्, “उज्ज्यालो प्रवेश गर्ने एउटा ढोका मात्र हुन्छ। घर भित्रको बीच भागमा आगो बाल्ने चुल्हो हुन्छ। लहरै बसेजै आमा, बाबु, छोरा, छोरी सबै एउटै स्थानमा सुत्ने हुन्छ। कहिलेकाहीं आफन्त आए भने त्यही एउटा कुनामा रात बिताउने हो। मनोवैज्ञानिक रूपमा पनि बच्चाहरुलाई नराम्रो असर पर्दो रहेछ। त्यसैले नयाँ पुस्ताले दु:खै गरेर भए पनि यस्ता घरहरू हटाउने क्रम बढेको हो। यस्ता घरहरू खरका हुने भएकाले गर्मीमा आगोको डर, वर्षा लागेपछि सर्प आउने अनि छानाबाट पानी चुहिने भएकाले यस्ता घरहरू बनाउन छाडिएको नयाँ पुस्ताको भनाई रहेको छ।”

यहाँ पर्याप्त मात्रामा विदेशी पर्यटकहरू आउँदैनन्। स्वदेशी पर्यटकको आगमनको स्थल हो यो। यस्ता घरलाई राम्रो पहिचान बनाउन तर्फ स्थानिय सरकार लाग्ने हो। यस्तै स्वरूप र शैलीमा निर्मित घरमा टिनको छाना र उज्यालोको लागि झ्याल पनि राख्न सकियो भने त्यसका लागि स्थानिय सरकारले पहल गर्नु पर्ने स्थानिय वाल कुमारी घर्ती बताउँछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?