ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

शोभनाथ चाचाको शोभा…

कार्यक्रमको कार्य तालिकामा सम्मान गरिने समाजसेवीको सुचीमा शोभानाथ चाचा छुट्दै छुट्दैनन् । बुढ्यौलीमा स्वास्थ्यका केही समस्या भएपनि उनी कार्यक्रममा लौरो टेकेरै पुग्ने गर्छन् ।
१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

कपिलवस्तु, १९ माघ ।
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ५ सुठौलीका ९२ बर्षिय शोभनाथ कुर्मीलाई भेट्ने सबैले मनैले सम्मान गर्छन । उमेरले श्रवण शक्ति घट्दै गएका उनलाई गाउँभरिका बालबालिका, युवा, वयस्क र प्रौढले नाता अनुसार सम्मानका साथ हजुर बुवा, काका, मलिकार भनेर श्रद्धाका साथ सम्बोधन गर्छन ।बैदौलीको बिद्यालयमा ७ कक्षा सम्मको अध्ययन गरेका शोभनाथ सबैका समाजका लागि सहयोग गर्नुपर्छ भन्ने प्रेरणाका श्रोतका रूपमा छन । पालिकास्तरमा हुने अधिकांस कार्यक्रमलाई उनलाई सम्मान साथ आमन्त्रण गरीने गरीएको छ । कतिपय कार्यक्रमको कार्य तालिकामा सम्मान गरिने समाजसेवीको सुचीमा उनी छुट्दै छुट्दैनन । बुढयौलीमा न्यून श्रवण शक्ति, उच्च रक्तचाप र मधुमेहको समस्या भए पनि उनी अझै पनि अधिकांस सामाजिक कार्यक्रममा लौरो टेकेरै पुग्ने गरेका छन् ।

सदरमुकामसँग जोडिएको भारतको सिमावर्ति क्षेत्रमा रहेको मर्यादपुर, सुठौली र बैदौली क्षेत्रको बिकासमा उनले खेलेको भूमिकाका कारण पनि उनी सबैको आदर्श बन्न सफल भएका हुन । दाता शोभनाथले हाल सम्म सुठौली भंसारलाई स्थापनाका क्रममा ६ कठ्ठा जग्गा उपलब्ध गराएका छन् । त्यसै गरि बैदौली आधारभूत अस्पताल निर्माणका लागि १४ कठ्ठा, पशुपति शिक्षा मन्दिरका लागि १३ कठ्ठा जग्गा दिएका छन । गाउँ समाजले पशुपति शिक्षा मन्दिरको अध्यक्ष समेत उनैलाई बनाएको छ । त्यसै गरि सुठौली भंसारको बिकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पशु क्वारेन्टाईन कार्यालय सुठौलीका लागी १ कठ्ठा ११ धुर जग्गा र गरिबी निवारणको स्थानिय संस्थालाई १ कठ्ठा जग्गा उपलब्ध गराएर उनले सो क्षेत्रको आर्थिक अवस्था उकास्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

बुढ्यौली उमेरमा रहेका उनको सुठौलीमा रहेका घरमा अहिले उनी र उनकी श्रीमती शिवमती कुर्मीसँगै बस्छन । दुई छोरी मात्र रहेका उनकी एउटी छोरीको भारतमा र अर्की छोरीको सोहि पालिकाको वडा नम्बर ४ पर्शोहियामा बिहे भएको छ । दुवै छोरीबाट १२ जना नाती नातिना छन्। सो क्षेत्रको जमिन्दार रहेका उनले आफ्नो दुवै छोरीहरूको नाममा जग्गा जमिन शेष पछिको बकस गरेका छन । तर बिभिन्न सामाजिक क्षेत्रमा उनले खुला मनले गरेको सहयोगमा श्रीमती र छोरीहरूले पूर्ण समर्थन गर्ने गरेका छन । सुठौली क्षेत्रको बिकासका लागि पहिलो पटक सुठौली भंसारलाई जग्गा दिएको उनले स्मरण गरे । “यस क्षेत्रको बिकास होस । सबैमा सहयोगको भावना जागृत होस । कोहि कसैको कुभलोमा नलागोस भन्ने उदाहरण दिन सहयोगको काम गरेको छु,” उनले भने । जग्गादान गरेका उनको ईच्छा बैदौली आधारभूत अस्पताल क्षेत्र प्रवेशस्थल देखी अस्पताल सम्मको क्षेत्रलाई शोभनाथ नगर कायम गरियोस भन्ने छ । तर हालसम्म नगरको नामाकरणको प्रक्रिया अगाडि बढेको छैन । तर प्रवेश मार्गमा प्रवेशद्धार निर्माण गर्न थलिए पनि निर्माण कार्य अझै अधुरो छ । “मेले गरेका सत्कर्म प्रति सम्मान दिने नदिने यहाँका नागरिकको बिषय हो । म अन्तरमनले खुसी छु । मैले त समाजका लागि आफ्नो कर्तव्यको पालना मात्रै गरेको हुँ ।” दाता कुर्मी भन्छन । समाजका लागि केहि दिनुपर्छ, केहि गर्नु पर्छ भन्ने भावना नयाँ पुस्तामा जागृत गराउनका लागि पनि आफुले यस क्षेत्रका बिकासको काममा सहयोग गर्दै आएको उनले बताए । पछिल्लो समय दाता कुर्मीले सुठौलीको शोभनाथ नगरमा शोभनाथ क्याम्पस निर्माणका लागी आफूले १० कठ्ठा जग्गा सहयोग गर्ने बचतबद्धता गरेको जनाए ।

दाता शोभनाथ कुर्मीले यस क्षेत्रको बिकासका लागि बिभिन्न क्षेत्रमा जग्गादान गरेर सह्रानिय र महत्वपुर्ण कार्य गर्नु भएको छ । उनको यो समाजसेवाको कुनै मूल्य छैन ।

दाता कुर्मीले यस क्षेत्रकै लागि र बिशेष तहः गरिब, दुखी र दिनहिन जनताका लागी स्वास्थ्य, शिक्षा, सामुदायिक कार्यमा जग्गादान गरेर गुण लगाएको यशोधरा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र कुमार मिश्राले बताए । “हाम्रो यो समुदाय नै उहाँको ऋणी छ । आजिवन ऋणी हुनेछ । उहाँ जस्ता दुई चार समाजसेवी भैदिए यो क्षेत्र नै सुधार हुने थियो । उहाँ यस क्षेत्रको बिकासको प्रबद्र्धक हुनुहुन्छ,” मिश्राले भने । सबै क्षेत्रमा सहयोग गरेर समाजसेवाका उदाहरण बनेका शोभनाथ कुर्मीलाई राष्ट्रले नै सम्मान गर्न आवश्यक रहेको उनको बुझाई छ ।दाता कुर्मीले यस क्षेत्रको बिकासका लागि ठुलो सहयोग गरेर सामाजिक छवी निर्माण गरेको पशुपति शिक्षा मन्दिर सुठौलीका संस्थापक सदस्य समाजसेवी राजेन्द्र प्रसाद मौर्यले बताए । शोभनाथ क्याम्पस निर्माणको अगुवाई गर्दै आएका उनले दाता कुर्मीले सरकारी निकाय, स्वास्थ्य संस्था, बिद्यालय र संघ संस्थाको स्थायित्वको लागी करोडौं मुल्य पर्ने जग्गा दान गरेर बिकासमा सहयोग पुर्याएको उनको भनाई छ । “दाता शोभनाथ कुर्मीले यस क्षेत्रको बिकासका लागि बिभिन्न क्षेत्रमा जग्गादान गरेर सह्रानिय र महत्वपूर्ण कार्य गर्नु भएको छ । उहाँको यो समाजसेवाको कुनै मुल्य छैन ।” समाजसेवी मौर्यले भने । दाता कुर्मी सबै सामाजिक चेत भएका व्यक्तिका लागि प्रेरणाको श्रोत रहेको युवा अभियन्ता ध्यानेन्द्रमणी त्रिपाठी बताउछन । “उहाँको समाजका लागि केहि गर्नु पर्छ भन्ने सोचले हाम्रो पुस्तालाई पनि समाजका लागि हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने ? भन्ने भावनाको बिकास गराएको छ ।” त्रिपाठीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?