Butwal Today

महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते

१९ माघ २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ। ती सबै जनकपुरका हुन्। शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय संचारमाध्यमहरूले बताएका छन्। त्यस्तै दुर्घटनामा ४ जना घाइते भएका छन्।

मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ। त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन्।

बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भइ ५ पटक सडकमा पल्टिएको थियो। दुर्घटनाका बेला स्कारपियोको गति एक सय किलोमिटर प्रतिघण्टा  थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?