ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

प्रगतिशील साहित्यलेखन यात्रा

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

कुनै काम नभएर मन बराल्न र समय कटानीका लागि कोरिएका उद्देश्यहीन रचना प्रगतिशील होइनन् । समाजको आवश्यकतालाई नऔल्याएर केवल भावुकताका मनोवेगहरूलाई अर्थहीन,श्रृङ्खलारहित र योजनाहीन तथा विचार,दर्शन र दृष्टिकोण नराखी रचिएका साहित्य पनि प्रगतिशील हुन सक्दैनन् । (डा.हरिप्रसाद सिलवाल, संस्कृति अंक–१३,२०७९)
समाज र समाजका वर्गहरूलाई केन्द्रीत गरी शोषित वर्गको हितमा अभिव्यक्ति दिने विचार नै प्रगतिशील हुन्छ । माक्र्सवादी दर्शनअनुसार सामाजिक विकृतिको निषेध र सामाजिक पूर्ण न्यायको पक्षमा साहित्य सिर्जना गरिनुपर्छ । ( लुकाज,सन् २०१८,पृष्ठ ५२) त्यसैले भनिन्छ–वर्गीय पक्षधरता नै प्रगतिशील सिर्जनाको मूल वैचारिक पक्ष हो । आलोचनात्मक चेत नै प्रगतिशील साहित्यको आधार हो ।हामी प्रगतिशील छौ कि नाइँ भन्ने कुरा हाम्रा अनुहारले होइन,हाम्रो लेखन र लेखकीय व्यवहारले जनाउँछ । हामीले समाज,समाजमा रहेका हेपिएका,थिचिएका र मूलधारबाट तल पारिएकाहरूलाई मूलधारमा ल्याउन कलम चलाउन सकिएमा पक्कै पनि प्रगतिशीलधारमा आफूलाई उभ्याउन सक्नेछौं । कुरामा माक्र्सवादी,व्यवहारमा पुरातनवादी भएमा पक्कै पनि हाम्रो प्रगतिशील लेखन आन्दोलन शिथिल हुनेछ ।
प्रगतिशील साहित्य भनेको व्यक्तिगत प्रगतिको कुरा नभएर सामुहिक, सामाजिक, आमजनता,मानिसका श्रृङ्खलावद्ध प्रगतिको चरणलाई स्वीकार गरिएका रचना हुन् । यसले भूइँसाहित्यलाई उठान गरेको हुन्छ । देश,दुनियाँलाई जागृत गरेको हुन्छ । सैद्धान्तिकरूपमा प्रगतिवादभित्र प्रगतिशील पर्दछभने प्रगतिवादभित्र प्रगतिशील पर्दैन । प्रगतिशील हुनुको अर्थ प्रगतिवादको एक कदम अगाडिको चरणमा प्रवेश गर्नुमात्रै हो । प्रगतिवादी साहित्य स्वतःप्रगतिशील रहेको हुन्छ । तर सबै प्रगतिशील साहित्य, प्रगतिवादी नहुन सक्छन् । प्रगतिवादको आधारभूत तह प्रगतिशील हो । माक्र्सवादी सौन्दर्यशास्त्रीय वैचारिक उपस्थिति भएका साहित्यलाई प्रगतिवादी रचना मानिन्छ । (डा.हरिप्रसाद सिलवाल, संस्कृति अंक–१३,२०७९)लेखकको वैयक्तिक स्वतन्त्रता रहेता पनि उसले सिर्जना गरेको धारणा स्वतन्त्रतामा सार्थकता र समाजोपयोगी लेखन रहनुपर्छभन्ने माक्र्सवादी कला साहित्यसम्बन्धी धारणा प्रगतिवादी मान्यताभित्र पर्दछ । ( गिरि,२०६९,पृ.४७) २००९ सालमा श्यामप्रसादको नेतृत्वमा प्रगतिशील लेखक संघ,गठन हुनु र संघले आफ्ना गतिविधिहरूलाई नेपाली प्रगतिशील साहित्यमा बलियो आधारशीला खडा गरेको देखिन्छ । आजसम्म आइपुुग्दा सबै बामपन्थी पार्टीहरूको साझा सांस्कृतिक मोर्चाका रूपमा आफूलाई यो संघले उभ्याएको पाइन्छ । कहिलेकाँही संघभित्र कुनै नोकझोक नभएको भने होइनन् । तरपनि बामपन्थी पार्टीहरूलाई दिशानिर्देश गर्न यो संघले वैचारिक भूमिका खेलेको समेत देखिन्छ । बामपन्थीहरूलाई एउटै थलोमा राख्न,साझा विचार बनाउन र सँगसँगै हिडाल्नका लागि यो संघको कार्यभार आजपनि उत्तिकै मूल्यवान देखिन्छ ।

प्रगतिशील लेखक संघले प्रगतिशील विचार राख्नेहरू सबैलाई एउटै डोरीमा बाँध्नुपर्छ । नेपालमा देखिएका विविध खाले आन्दोलनमध्ये प्रगतिशील साहित्यलेखन आन्दोलनलाई अघि बढाउन एकजुट भएर अग्रसर हुनुपर्ने देखिन्छ । समाजमा रहेका अनेकन खालका विभेद,विकृति,विसंगतिका विरुद्धमा प्रहार गर्न प्रगतिशील लेखकहरूले एउटै लेखनीमार्फत प्रहार गर्न सक्नुपर्छ । यसका लागि सबै खाले प्रगतिशील लेखकहरूलाई एउटा बलियो छानामूनि राखेर सोही अनुसार अघि बढ्नु आजको कार्यभार हो । त्यो छाना भनेकै प्रगतिशील लेखक संघ–नेपाल हो ।प्रगतिशील लेखक,कलाकार र साहित्यकारहरू मिलाएर प्रलेस,रूपन्देही गठन गर्नका लागि सम्वत् २०५३ मा रामप्रसाद प्रदीपको संयोजकत्वकमा प्रा.डा.कृष्णचन्द्र शर्मा, प्राज्ञ बूँद राना,प्रा.डा.कपिलदेव लामिछाने र गुरुदत्त ज्ञवाली सदस्य रहेको तयारी समिति गठन भएको थियो । गठित तयारी समितिले प्रा.डा. कृष्णचन्द्र शर्माको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरी रूपन्देही क्षेत्रको प्रगतिशील लेखनलाई आन्दोलनका रूपमा विकास गर्दै प्रगतिशील लेखक, कलाकार र साहित्यकारहरूलाई एकीकृत गर्ने काम गरेको पाइन्छ । विचारहरूमात्र होइन,लेखक,कलाकार,साहित्यकारहरू नै छरिएर रहेको अवस्थामा प्रलेस, रूपन्देही गठन हुनुले पनि प्रगतिशील लेखन आन्दोलनलाई माथि उठाउने काममा कोसेढुंगो सावित भएको पाइन्छ ।
हालसम्म रूपन्देही प्रलेसमा प्रा.डा.कृष्णचन्द्र शर्मा,प्रा.डा.कपिलदेव लामिछाने,प्रा.डा.हिरण्यलाल ज्ञवाली,गोपीरमण उपाध्याय,डा.मुरारि पराजुली,प्रदीप प्रधान,देवेन्द्र घिमिरे,दलबहादुर गुरुङ र कविराज पौडेलले नेतृत्व गरिसकेका छन् । प्रगतिशील साहित्यको लेखन आन्दोलनलाई विभिन्न कालखण्डमा यिनीहरूको नेतृत्वले अग्रगामी मार्ग पक्डेको पाइन्छ । आगामी फागुन ३ गते हुने संघको १० जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै यस क्षेत्रको प्रगतिशील साहित्यलेखनको यात्रालाई अघि बढाउन पहल गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?