ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

दीप गायन ताराको बाह्रौं संस्करण हुँदै

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

बुटवल, १९ माघ ।

जिल्लास्तरीय अन्तर विद्यालय आधुनिक गायन प्रतियोगिता ‘दीप गायन तारा’ को बाह्रौंं संस्करण यही माघ २५ र फागुन ५ गते हुने भएको छ ।

बुटवल सुख्खानगरस्थित दीप बोर्डिङ स्कुलको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितामा रुपन्देहीका सरकारी र निजी विद्यालयका कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउने छन् ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र दिइने विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले बताए ।

यस्तै प्रतियोगितामा सान्त्वना हुने दुई जनालाई नगद दुई–दुई हजार दिइने विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा ४० जना भन्दा बढीले भाग लिनेछन् । प्रतियोगिताको पहिलो चरण माघ २५ र अन्तिम चरण फागुन ५ गते हुने छ । प्रतियोगितामा भाग लिन दर्ता शुल्क एक हजार रुपैयाँ तय गरिएको न्यौपानेले बताए । विजेतालाई विद्यालयको ४४ औं स्थापना दिवसका अवसरमा पुरस्कृत गरिने छ ।

प्रतियोगिताका लागि पहिलो चरणमा प्रतियोगीले ट्रयाकबिना गीत गाउनु पर्ने छ भने यस चरणबाट उत्कृष्ट २० जनालाई दोस्रो चरणका लागि छनोट गरिने छ । त्यस्तै फागुन ५ गते प्रथम चरणबाट छानिएका उत्कृष्ट २० जनाले ट्रयाकसहित गीत गाउनु पर्ने छ भने यस चरणबाट छनोट भएका उत्कृष्ट पाँच जनालाई पुरस्कृत गरिने छ । यो चरणमा प्रतियोगीले ट्रयाकसहित एउटा राष्ट्रिय गीत र एउटा स्वेच्छिक गीत गाउनु पर्ने छ ।

प्रतियोगिताबारे जानकारी गराउन शनिबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राचार्य न्यौपानेले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि पाठ्यपुस्तकभन्दा माथि उठेर यस्ता गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकतामा राख्दै आएका कारण दीप गायन तारालाई निरन्तरता दिन सकिएको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले दीप गायन ताराले महत्वपूर्ण कलाकारहरु उत्पादन गर्न सफल भएको भन्दै दीप बोर्डिङ शैक्षिण गुणस्तरमा उत्कृष्ट रहेको र यसले अतिरिक्त क्रियाकलापमा देखाएको सक्रियताको प्रशंसा गरे ।

प्रतियोगिताबाट हालसम्म अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नवीन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य, विवेक पंगेनी र रिदिमा सिंजाली गरी ११ जना विद्यार्थीहरु हालसम्म दीपगायन तारा बन्न सफल भएका छन् । ती विद्यार्थीहरु हाल राष्ट्रिय कलाकारिताका क्षेत्रमा स्थापित भएको विद्यालयका शिक्षक छवि ज्ञवालीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?