© २०२३
बुटवल, १९ माघ ।
ह्वील अफ नेपाल लम्बिनीले शनिवार देवदह नगरपालिका १० मा रहेको अल केयर नेपालमा औषधी तथा नगद सहयोग गरेको छ ।
युवाहरूले पनि समाजमा केही योगदान गर्न सक्छन् भने उद्देश्यले सडकमा छाडा छोडिएका कुकुरहरू उपचार गर्दै आएको संस्थालाई नगद ७० हजार बढी सहयोग गरेको ह्वील अफ लुम्बिनीका अध्यक्ष रोहित रायमाझीले बताए ।
पछिल्लो समय बजारमा युवाहरूले चढिरहेका मोटरहरूलाई हेरेर गलत मनस्थिति बनिरहेको भन्दै कलेज पढ्ने विद्यार्थी विभिन्न ब्यवसाय गर्ने युवाहरू मिलेर सहयोग गरेको रायमाझीको भनाई छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंध रूपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले युवाहरू समाजका हरेका सामाजिक कार्यहरूमा जुट्नु जरूरी रहेको बताए ।
युवाहरूले नै समाज परिवर्तन गर्ने भूमिका खेल्न सक्ने भन्दै उपाध्यक्ष ढकालले गलत कामहरूलाई सच्चाउँदै समाज सुधार संगै सामाजिक कार्यहरूमा जुटने बोला आएको बताए ।
अल केयर सेन्टर देवदह चरङ्गेका अध्यक्ष दिपक रिजालले निजी लगानीमा बेवारिसे कुकुरको उपचार संरक्षण सुरू गरिएको बताए । अस्पतालको निर्माण अन्तिम चरणमा रहेको भन्दै अध्यक्ष रिजालले हाल संस्थामा ५० भन्दा बढी छोडुवा कुकुरको उपचार र बन्ध्याकरण गर्ने गरी काम अगाडि बढिरहेको बताए ।
संस्थाले दुर्घटनामा परेका लावारिसे कुकुरहरूलाई समाउने, ल्याएर उपचार गरेर निको भएपछि सोही स्थानमा लगेर छाड्ने गरिएको बताए । भवन निर्माणको चरणमा रहेको कसैले सहयोग नगरिरहेको अवस्थामा ह्वील अफ नेपालले केही भएपनि सहयोग गरेकोमा धन्यवाद दिंदै आउने दिनहरूमा थप सहयोगको अपेक्षा रहेको बताए । युवा नेता सुजन थकालीले युवाहरूले समाजमा हुने गलत कामको रोकथाम र राम्रो कामको प्रमोशन गर्नु जरूरी रहेको बताए ।
मोटरसाईकल र्याली बुटवलको बिभिन्न ठाउँको परिक्रमा गरी चरङ्गे पुगेर समापन भएको थियो ।