ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
१३ औँ वार्षिकोत्सव विशेष

राजकुमार ह्यारी बाघ र बर्दिया

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

वन्यजन्तुको मनमोहक चहलपहल । चराको कोकिल कण्ठे बोली । दुर्लभ सरिसृप र उभयचरको सहज अवलोकन । जैविक विविधताले भरिपूर्ण प्रकृतिको आकर्षण पाएको स्थल हो बर्दिया राष्ट्रिय निकुञ्ज । भौगोलिक विविधताको अनुपम समिश्रणले पश्चिम नेपालकै सुन्दर पर्यटकीय गन्तव्य निकुञ्जले लोभ्याउँछ ।

बर्दिया भनेपछि बाघ जानिन्छ । सबैको मानसपटलमा बाघका तस्बिर आउँछ । बर्दिया राष्ट्रिय निकुञ्ज खासगरी बाघ हेर्ने गन्तव्यका रूपमा प्रख्यात छ । स्वदेशमा मात्र नभएर विश्वमै चिनिन्छ । त्यही भएर सन् २०१० मे मा विश्वप्रसिद्ध नायक लियोनार्दो दि क्याप्रियोले बर्दियामा बाघ हेर्न आएका थिए । आमासहित आएका उनी यहाँ तीन दिन रमाएर फर्किए । २०७२ चैतमा बेलायती राजकुमार ह्यारीले पनि बर्दियामा बाघ हेर्न आए । बाघ संरक्षणमा टेवा दिन र नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले उनी यहाँ आएका थिए । राजकुमार ह्यारीले बर्दियामा नजिकैबाट बाघ देखेपछि निकै खुसी भएका थिए । उनको भ्रमण र बाघको दृश्यावलोकनको समाचार बिबिसी, सिएनएन लगायतले महत्व दिएपछि विश्वमै दुर्लभ मानिएको पाटे बाघ र बाघको बासस्थान र निकुञ्ज विश्वभर चिनिन पुगेको थियो । ह्यारीले कर्णाली नदीमा ¥याफ्टिङ र संरक्षणका अगुवासँग भलाकुसारी गरे । स्थानीय थारू समुदायको मौलिक परिकारको स्वाद लिए ।

बाघका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्जलाई समेटेर पूरै बर्दिया जिल्लाकै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न ‘घुम्न जाऔं बर्दिया’ अभियान थालिएको छ । लुम्बिनी प्रदेश सरकारले बर्दियाको ठाकुरबाबा नगरपालिकासगको समन्वयमा पुस ४ मा अभियान शुरू गरेको हो । देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने बर्दियालाई लक्षित गरेर अभियान शुरू गरिएपनि यसले लुम्बिनी प्रदेशकै गन्तव्यको प्रवद्र्धन हुने विश्वास गरिएको छ ।हात्ती सफारी गर्दै वन्यजन्तु, सरिसृप र चरा अवलोकन गर्दा हुने रोमाञ्चक अनुभूतिले पर्यटक आल्हादित हुन्छन् । प्राकृतिक विविधता मात्र होइन, जातीय विविधता पनि उत्तिकै मनमोहक छ । थारू परम्परा, भेषभूषा, कलासंस्कृतिसँगै परम्परागत थारू परिकार यहाका पर्यापर्यटन प्रवद्र्धनको अर्को आकर्षण हो । बर्दियामा एक सय २५ वटा लोपोन्मुख पाटेबाघ र ३८ वटा एक सिंगे गैंडा रहेका छन् । त्यस्तै हात्ती, बाह्सिंहा, चरीबाघ, चौका, डल्फीन, घडियाल गोही, मगर गोही र चरा हेर्न पर्यटक आउछन् । नेपालको संरक्षित चराको सूचिमा रहेको खर मजुर, राजधनेश, सानो खरमजुर, कालो गरुड, सेतोकण्ठे गरुड र सारस हेर्न पाईने हुँदा यहाँ पर्यटक आकर्षित हुन्छन् ।

यहाँ पाटे बाघ, एकसिंगे गैंडा, भालु, हुडार, चितुवा, निलगाई, जरायो, चित्तल, लगुना, बाह्रसिंगा र जंगली हात्ती लगायत ६१ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । रैथाने र बसाइँ सरि आउने ५१६ प्रजातिका चरा देखिने गरेको छ । हात्तीसार, खौराहा खोला, गोलाघाट, लालमाटी, मनाउघाटलगायत कोठियाघाट डल्फिन हेर्नका लागि आकर्षण छ । बर्दिया निकुञ्जभित्र अवस्थित सुन्दर बबई उपत्यका देशकै अनुपम गन्तव्यका रूपमा परिचित छ । कर्णाली नदी र त्यसको शाखा खौराहा खोला ¥याफ्टिङका लागि उपयुक्त गन्तव्य हुँदै गएको छ । त्यस्तै सत्खलुवाताल, बढैयाताल, ताराताल र भगरताल रैथाने तथा आगन्तुक चराको बासस्थान हो । ९ सय ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको नदी तटीय बर्दिया राष्ट्रिय निकुञ्जमा गाडी हिँडने २ सय ५६ किमी वनपथ रहेको छ ।
(लेखकः पश्चिम नेपालका बन्यजन्तु फोटोग्राफर हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?