ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

फिरन्ते ब्यवसायी फर्निचरलाई मुख्य चुनौती

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

बुटवल, १९ माघ । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसाय महासंघ प्रदेश समन्वय लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । ब्यवसायिक एकता, ब्यवसायिक सफलता नारासहित स्थापना भएको महासंघको एक समारोहका बिच महासंघ केन्द्रीय अध्यक्ष युवराज पौडेलले औपचारिक रुपमा उद्घाटन गर्दै प्रदेश समन्वय गठनबारे प्रकाश पारे । संघिय सरकारको प्रावधान अनुसार नै प्रदेश गठन गरि क्रियाशिल बनाउने गरि अघि बढेको उनले बताए । महासंघको विधान अनुसार प्रदेश संरचना गठन भएको उनले बताए । फर्निचर ब्यवसायीहरुले काठ किन्न नपाउने, फर्निचर ब्यवसायीहरुले टेण्डर राख्न पाउन ब्यवस्था चिर्न धेरै लडाई लडेको उनले बताए । वन नियम संशोधन गर्न धेरै कठिनाई भयो । उनले भने। अब बढिभन्दा बढि सरकारलाई दबाब सृजना गर्नुपर्ने उनले बताए । विभिन्न संरचनामा पुगेर समस्या पहिचान गरि बुदागत रुपमा माग तयार गर्न लागेको उनले बताए । बागमती प्रदेश सरकारले स्वदेश काठजन्य उत्पादन प्रयोगलाई जोड दिएर कानुन निर्माण गरेको उदाहरण दिदै अन्य प्रदेशसमेत यसलाई अनुसरण गर्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा पारिवारिक निजि वन महासंघ रुपन्देहीका अध्यक्ष तथा संघका पुर्व अध्यक्ष बिष्णु कुमार श्रेष्ठले एउटा संस्थागत विकासको उदेश्यका साथ स्थापना हुने ब्यवसायिक संस्थाहरु काम गर्न नसक्दा ब्यवसायीहरु पिडित बन्नुपरेको बताए । पारिवारिक निजि बनबाट ८० प्रतिशत काठजन्य उत्पादन बितरण गर्न सफल भैरहेको भन्दै उनले फर्निचर ब्यवसायीहरु अनिवार्य रुपमा लाग्नुपर्ने बताए । नया औधोगिक क्षेत्र निर्माण हुन नसक्दा उद्योगीहरु पिडामा रहेको उनले बताए। दक्ष जनशक्तिको अभाव बजारमा छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले फिरन्ते ब्यवसायी मुख्य चुनौति रहेको स्पष्ट देखिँदा समेत समाधानमा सरकारको ध्यान जान नसकेको दुखेसो गरे। उपभोक्तासंग जोडिएको विषयलाई निरन्तर लाग्न सुझाव दिए ।

कार्यक्रममा अर्घाखाँची फर्निचर ब्यवसायी संघका अध्यक्ष बसन्तराज भुषालले फर्निचर ब्यवसायीहरुको हकहितमा संस्थाबाट पहल जरुरी रहेको बताए । उत्पादन, ढुवानीदेखि बजारीकरणसम्मको समस्याहरु समाधान हुनेमा आशा ब्यक्त गरे ।

कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष सुरेन्द्र ज्ञवालीले प्रगती विवरण पेश गर्दै फर्निचर र फर्निसिङ संघको पक्षमा गरेका अभियान प्रकाश पारे। सरकारलाई स्वदेशी काठको उपयोग बढाउने गरि नीति ल्याउन आवश्यक पहल कदमि अघि बढाएपनि सकेजस्तो उपलब्धि हासिल नभएको उनले बताए । प्रत्येक प्रदेशमा फर्निचर ग्राम निर्माणको पहल जरुरी रहेको उनले बताए ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र प्रसाद पाठक, महासंघका केन्द्रीय उपाध्यक्ष ओम बस्नेत, महासंघका पुर्व संस्थापक उपाध्यक्ष सुर्य शर्मा सुवेदी, उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष विष्णु पाण्डे, रुपन्देही उद्योग संघका उपाध्यक्ष हरि बहादुर खत्री, वन पैदावर संघ रुपन्देहीका अध्यक्ष नवलकिशोर सिह, महासंघका महासचिव तेज प्रसाद पराजुलीले अधिकाश ब्यवसायीहरुको समस्या एउटै प्रकारको भएको हुदा सरोकारवाला संस्था एकजुट भए सरकारलाइ दबाबमुलक कार्यक्रम गर्नुपर्ने बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?