ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

आठ सहकारीबाट चार करोड हिनामिना

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

रुकुम पश्चिम, १९ माघ ।
रुकुम पश्चिमका बिभिन्न सहकारीबाट झण्डै ४ करोड बढी रूपैयाँ अपचलन भएको पाइएको छ । जिल्लामा सञ्चालित सहकारीहरूले ऋण चुक्ता गर्न नसक्दा बचतकर्ताको रकम समेत डुबेको छ ।जिल्लाको मुसिकोट नगरपालिका–१ मा रहेको बलिदान जनकृषि सहकारी संस्था, हाम्रो बचत तथा ऋण सहकारी संस्था, चौरजहारी नगरपालिका –२ स्थित इन्द्रेणी बचत तथा ऋण सहकारी, चौरजहारी नगरपालिका–२ कै बिहानी बचत तथा ऋण सहकारी, सानीभेरी गाउँपालिका–३ जनप्रवाह कृषि सहकारी संस्था, सानीभेरी गाउँपालिका–५ स्थित असल कृषि सहकारी, आठबिसकोट नगरपालिका–८ दाँजेस्थित कुरेपानी कृषि सहकारी संस्था र आठबिसकोट ९ स्थित आठबिसकोट सहकारीबाट झण्डै साढे चार करोड रकम हिनामिना भएको पाईएको छ ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट तीन करोड १४ लाख रुपियाँ कर्जा लिएर हालसम्म नतिर्दा सहकारी समस्याग्रस्त अवस्थामा पुगेका छन् ।आठबिसकोट सहकारी बाहेक सातवटा सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट तीन करोड कर्जा लिएको र आठबिसकोट सहकारीले आठबिसकोट नगरपालिकाबाट एक करोड ७२ लाख कर्जा लिएर बचतकर्ताको समेत रकम फिर्ता गर्न सकेका छैनन् भने सबै सहकारीले हालसम्म साँवा, व्याज र हर्जना समेत तिरेका छैनन् । पैसा तिर्न पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदा पनी कर्जा चुक्ता नगरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए । उनका अनुसार लक्षित वर्गमा रकम लगानी गर्ने र नियमानुसार कोषलाई बुझाउने सम्झौता गरेर यी सहकारीले कर्जा लिएका थिए ।

त्यस्तै आठबिसकोट वचत तथा ऋण सहकारी संस्थामा नगरपालिका र वचतकर्ताको करिब २ करोड रूपैयाँ डुबेको छ । संस्था बाट ऋण लिएकाहरूले कर्जा चुक्ता नगरेपछि सहकारी समस्याग्रस्त अवस्थामा पुगेको छ । सहकारीबाट सबैभन्दा बढी ऋण लिएर अहिले सम्म नतिर्नेको सुचिममा दुई जना पाइलट परेका छन् । आठबिसकोट नगरपालिकाको शैक्षिक ऋण प्रदान सम्बन्धि कार्यविधि २०७५ अनुसार आठबिसकोट–१० का गोविन्द केसी र वडा नम्वर ५ का ललित भण्डारीले २०७५ साल भदौ १५ गते सम्झौता गरेर ५०/५० लाख रूपैयाँ ऋण लिएर फिलिपिन्स पढ्न गए तर हालसम्म दुबैजनाले ऋण नतिरेको पाईएको छ । उनीहरूलाई शैक्षिक कर्जाका नाममा नगरपालिकाले १ करोड रूपैयाँ सहकारी मार्फत दिएको थियो । शैक्षिक ऋण, घरेलु तथा साना उधम कर्जा, बिपन्न शेयर लगानी गरेर आठबिसकोट नगरपालिकाले १ करोड ७२ लाख रूपैयाँ सहकारीलाई प्रदान गरेको थियो । नगरपालिकाले उपलब्ध गराएको पैसा सहकारीले व्यक्ति तथा उधोगलाई ऋण दियो । अहिले कर्जा असुल गर्न नसक्दा सहकारी बन्द अवस्थामा छ ।

सहकारीको ऋण नतिरेपछी पालिका प्रमुख सहित सहकारीका ८७ जनाको ५५० कित्ता जग्गा मालपोत कार्यालयले रोक्का राखेको जनाएको छ । असुल उपर गर्नको लागि कोषको सचिवालयबाट पटक पटक मौखिक र लिखित ताकेता गर्दा पनि कोषमा रकम प्राप्त हुन नसकेकोले घर, जग्गा जमिन रोक्का गर्न गत भदौ पहिलो साता मालपोत कार्यालयलाई पत्राचार गरेपछि रोक्का रहेको बताईएको छ ।मुसिकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसी र सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर बिष्टको सम्पत्ति रोक्का भएको छ । मुसिकोट नगरपालिका–१ को हाम्रो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्य बहादुर गिरी, उपाध्यक्ष महेन्द्र केसीसहित ९ जनाको ३४ कित्ता अचल सम्पत्ति रोक्का भएको हो । यस सहकारीले २०७२ असार २८ मा ५२ लाखकोे कर्जा सम्झौता गरी ५२ लाख नै निकासा लिएको थियो तर भुक्तानी अवधि नाघिसक्दा कोषलाई बुझाउनुपर्ने रकम साँवा, ब्याज र हर्जना समेत गरेर आठ लाख ६० हजार ४९१ रुपियाँ तिरेको छैन । यो सहकारीको सञ्चालक समिति उपाध्यक्ष केसी मुसिकोट नगरपालिकाको प्रमुख छन्।

त्यस्तै सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर बिष्टको पनी सम्पति रोक्का भएको छ । सानीभेरी गाउँपालिका–३ को सानीभेरी जनप्रवाह कृषि सहकारी संस्था को अध्यक्ष बिर्खबहादुर बिष्ट, उपाध्यक्ष भुपालसिंह ओली लगायत १३ जना सहकारी सञ्चालकको ४६ कित्ता अचल सम्पत्ति रोक्का भएको छ । यो सहकारीको नाममा रहेको जग्गा र घर समेत रोक्का छ । यो सहकारीले कोषसँग २०७२ साल चैत्र १७ गते ५२ लाख कर्जा सम्झौता गरेर ५२ लाख नै निकाशा भएको थियो । यो सहकारीका अध्यक्ष बिष्ट र उपाध्यक्ष ओली सानीभेरी गाउँपालिकाको अध्यक्ष र वडा अध्यक्ष छन । दुबै जना पालिका प्रमुखले आफुहरूले सहकारी छोडिसकेको प्रतिक्रिया दिएका छन् । जनप्रवाह कृषि सहकारी संस्थाका तत्कालिन अध्यक्ष एवम् सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले आफू सहकारीको अध्यक्ष हुँदा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट ५२ लाख कर्जा लिएको र कोषबाट ल्याएको उक्त रकम माओवादी, कांग्रेस, एमालेका कार्यकर्ता र केही सर्वसाधारणलाई व्यवसाय सञ्चालनको लागि ऋण दिएको तर आफुले ८ वर्ष पहिले सहकारी छोडिसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?