ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु
१३ औँ वार्षिकोत्सव विशेष

रोल्पा–रुकुममा हिउँ पर्यटन

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

लुम्बिनी प्रदेश विविधताले भरिपूर्ण छ । यहाँको भौगोलिक अवस्थिति र हावापानीमा समेत विविधता पाईन्छ । यस प्रदेशमा हिमाल, पहाड, शिवालिक र तराई क्षेत्र पर्दछन । रुकुम पूर्वको सिस्ने हिमशृंखला यसै प्रदेशमा पर्दछ । लुम्बिनी प्रदेशमा ३.३१ प्रतिशत भूभाग हिमाली क्षेत्र, ९.१ प्रतिशत भूभाग उच्च पहाडी क्षेत्र, ३२.२ प्रतिशत भूभाग मध्यपहाडी क्षेत्र, २७.९ प्रतिशत भूभाग शिवालिक क्षेत्र र २७.६ प्रतिशत भूभाग तराई क्षेत्रमा पर्दछ ।

लुम्बिनी प्रदेशलाई पर्यटकीय दृष्टिकोणले उर्वर मानिन्छ । रोल्पा रुकुमको पर्यापर्यटनले यहाँ आउने पाहुनाहरूलाई लोभ्याउने गर्दछ । रुकुमपूर्वका प्रमुख पर्यटकीय स्थलहरूमा पुथा हिमाल, सिस्ने हिमाल, कमलताल, पुपाल दह, सुन दह, गुप्तातह, सम्पे ताल, देउराली गुफा, तकसेरा गाउँ, लुकुम गाउँ, रांसी गाउँ, कोल गाउँ, हुकाम मैकोट, महतसिमा गाउँका मगरबस्ती, रुकुमकोट र ढोरपाटन वन्यजन्तु आरक्षण, यहाँका पर्यटकीय क्षेत्र अन्तर्गत पर्दछन् । यसका साथै वराहमन्दिर, शिवजी मन्दिर,विन्धवासीनि मन्दिर आदि यहाँका पर्यटकीय क्षेत्र हुन ।रोल्पा जिल्लाका प्रमुख पर्यटकीय स्थलहरूमा जलजला हिमाल, राक्माधुरी चुचुरो, सुन छहरी झरणा, जेल्वाङ मगरवस्ती, थवाङ गाउँ आदि पर्दछन । यसका साथै शिवपंचायन खुंग्री, शिव गुफाजुगार, स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुन्टी जस्ता धार्मिक पर्यटकीय क्षेत्र पर्दछन् ।
यी जिल्लाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँदे सिजनमा हिउँले सेताम्य ढाक्ने गर्दछ । हिउँ परेको समयमा यहाँका हिउँ खेल्न आउनेहरूको संख्या समेत बढ्दै जान थालेको छ । यी क्षेत्रहरू हिउँ पर्यटनको संभावना वोकेका क्षेत्र हुन । रुकुमपूर्वको सिस्ने हिमाल र पुथा हिमाल बाह्रै महिना हिउँले ढाक्ने गर्दछ । सेताम्य हिउँले ढाकेका यी हिमचुचुराहरू मनमोहक र आकर्षक देखिन्छन् ।

रोल्पाको जलजला पहाड लुम्बिनी प्रदेशको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । जलजला क्षेत्र समुन्द्र सतहदेखि ३ हजार ५७६ मिटर उचाईमा रहेको अवस्थित छ । जलजला क्षेत्र रोल्पाको थवाङ गाउँपालिका, रोल्पा नगरपालिका र सुनछहरी गाउँपालिकाको संगम मानिन्छ । जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण जलजला क्षेत्र पृथक र विशिष्ट ऐतिहासिक पहिचान बोकेको ठाउँ पनि हो । सामाजिक, साँस्कृतिक, भाषिक तथा धार्मिक सम्पदालाई जीवित राख्दै आएको जलजला क्षेत्रमा प्राकृतिक, धार्मिक, सांस्कृतिक र युद्ध पर्यटनको प्रचुर सम्भावना वोकेको छ । पछिल्ला दिनमा जलजला क्षेत्रमा हिउँ खेल्न जानेहरूको समेत संख्या बढ्न थालेको छ । हिउँदमा यहाँ पर्ने हिउँले पर्यटकलाई आकर्षित गरिरहेको छ । हिउँमा रम्न चाहाने पर्यटकहरू जलजलामा हिउँ खेल्न पुग्दछन् ।

जलजलामात्र हैन रोल्पा सदरमुकाम लिवाङको नजिक दुरीमा रहेको सातदोबाटो क्षेत्र पनि हिउँ पर्यटनको संभावना बोकेको क्षेत्र हो । जिल्ला सदरमुकाबवाट करिब १० किलोमिटरको दुरीमा रहेको सातदोबाटो क्षेत्र चकचके लिवाङ सडक खण्ड संग जोडिएको हुँदा पछिल्ला दिनमा यहाँ हिउँमा रम्न चाहानेहरूको चहलपहल बढ्दै जान थालेको छ । सातदोवाटो क्षेत्र २०३२ मिटर उचाईमा अवस्थित छ भने सातदोबाटो क्षेत्रका डाँडापाखाहरू करिब २ हजार ५ सय मिटर सम्म उचाईमा रहेका छन । रोल्पा नगरपालिकाले निर्माण गरेको ११० फुट अग्लो भ्यूटावरका साथै रक गार्डेन समेत सातदोबाटो क्षेत्रमा पर्ने भएकाले यहाँ पर्यटकको चहलपहल विशेष रूपले हुँदै आएकोमा हिउँ खेल्न आउनेहरूको संख्यामा समेत वृद्धी भइरहेको छ । सातदोतबाटो क्षेत्रमा हिउँ खेल्न रोल्पा जिल्लाका विभिन्न क्षेत्रका साथै सिमावर्ती क्षेत्र प्यूठानबाट समेत आन्तरिक पर्यटकहरू आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?