ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

राजनीतिको अस्थिरता कहिलेसम्म ?

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

वास्तवमा पुल भनेको दुई किनारालाई जोडने एउटा साधन हो । यसलाई खास गरेर नदी, खोला, सोता वा अन्य ताल तलैया लगायतका स्थानमा बनाउने गरिन्छ । पुल विभिन्न किसिमका हुन्छन् । पक्की पुल, झोलुङ्गे पुल, काठे पुल वा बाँसको पुल वा कच्ची पुल आदि । पहिलेको जमानामा खोला वा नदीहरूमा तुइन बनाइन्थ्यो । यो पनि एक प्रकारको पुल नै हो । कतै यसलाई साँघु समेत भन्ने गरिन्छ । यही साँघुलाई कतै कतै फट्के भन्ने गरेको सुनिन्छ । साँघु कतै काठ वा कतै ढुंगाको समेत बनाउने गरिन्छ । प्रायः गरेर साँघु वा फट्के हिंउँदको समयमा बनाउने गरिन्छ । बाँसको पुल समेत हिउँदमा प्रयोग गर्नका लागि बनाउने गरिन्छ । साँघु वा फड्के बनाएको केही वर्ष भित्रै ती साँघु वा फड्के विस्थापित गरी कतै कतै काठे पुल पनि बनाइयो । केही समय यही काठे पुलको चल्ती आयो । काठे पुलहरू ठूला खोलामा बनाउन त्यति सम्भव थिएन र छैन पनि । पक्की पुल बनाउने प्रचलन आएदेखि धेरै स्थानमा अन्य पुलहरू विस्थापित भए तर अहिलेपनि नेपालमा तुइन, झोलुङ्गे पुल वा काठे पुलहरू केही बाँकी नै छन् । ठाउँ हेरेर अनि विकास प्रेमी नेतृत्व हेरर विविभन्न स्थानमा पक्की पुलहरू बनेका छन् ।

जतिवेला नदीका दुई किनारा जोडने कुनै साधन थिएन, त्यतिवेला धेरै नेपालीहरूले ज्यान गुमाएका थिए । कति स्थानमा त एक दुई मात्र नभएर हुल समेत खोलामा फसेर ज्यान गुमाएको सुनियो । हुन त अहिले पनि यो क्रम पुरै रोकिएको छैन । किनभने कतिपय नदी खोलाका घाटहरूमा अहिलेपनि पुल बनेका छैनन् । अव हुलका हुलको भन्दा पनि छिटफुटरूपमा दुर्घटना हुन भने रोकिएको छैन । कतिपय सोताहरूमा पनि पुल पुलेसा कुनैपनि छैनन् । अनि कामको चटारोमा यात्रा गर्नेक्रममा आजभोली पनि धेरैले ज्यान गुमाएका खवर सुन्न र पढ्न पाइन्छ । जुन कुरा सुन्नु नपर्ने थियो । हामीले यतिन्जेल नदी खोला तथा सोता माथिका पुलका वारेमा चर्चा ग¥यौं तर कुरा यत्तिमा मात्र सिमित हुँदैन । हामीले देखेका पुलहरूमा आकासे पुलहरू पनि छन् । जो बाटोको माथिबाट बनाइन्छ । यसरी बनाइका पुलहरूलाई आकासे पुल भनिन्छ । आकासे पुलहरू सबै खोला, सोता, नदी वा ताल तथा बाटोको माथिबाट समेत बनाइएका छन् भने कतिपय खोला तथा सोताहरूमा पानी मुनी पुल बनाइएका छन् । सबैभन्दा जोखिम पुल भनेको यही पानी मुनीको पुल हुनेरहेछ । खोलाको वालुवामा गाडी नफसोस भनेर पानी मुनी पुल बनाइएको हुनुपर्दछ । जसलाई कजवे भन्ने गरिन्छ । प्रायः यी कजवेहरू हिंउँदमा पानी सुख्खा हुने खोलाहरूमा बनाइएका छन् भने थोरै पानी बग्ने खोलाहरूमा पनि यस्ता कजवे बनाउने गरेको पाइन्छ । यही कजवेमा चाहे हिंउँदेयाम होस् चाहे वर्षायाममा होस केही दिनसम्म पानी परेन भने त्यो कजवेमा लेउ जम्दो रहेछ अनि त पैदल हिंडने यात्रु होस या होसियारीपूर्वक चलाउन नजान्ने गाडीहरू समेत धेरै संख्यामा दुर्घटनामा परेको देख्ने यिनै आँखा हुन् । पानी मुनीको पुलहरू निकै खतरा निम्त्याउने खालका हुँदा रहेछन् । धेरै कजवेले धेरै धनजनको नोक्सान गरेका उदाहरण धेरै रहेका छन् ।

खोला वा नदी पार गर्नका लागि नेपालका विभिन्न खोला वा नदीमा बनाइएका तुईनहरू बढ्ता खतरायुक्त भएकाले वर्तमान प्रधानमन्त्री के.पी शर्मा वलीले यसअघि प्रधानमन्त्री भएको सयममा तुईन विस्थापित गर्ने योजनामा पहिलो दस्तखत गर्नुभएको थियो । कतिले यसलाई हास्यास्पद भने त कतिले के के भने भने । आखिर नेपालबाट धेरै तुईनहरू विस्थापित समेत भए । केही काम गर्न बाँकी थियो । केपी ओलीको राजिनामा माग्न लागियो अनि त केही समयपछि त सत्ता साझेदारी दलबाट नै अविश्वासको प्रस्ताव ल्याउने तयारी भयो । सत्ता साझेदार दलले केपी शर्मा ओलीको खुट्टा तान्न लागे अनि आफूले सत्ताबाट खुट्टा झिके । त्यो समयमा केपी ओलीलाई यति समस्यामा पारियो कि त्यो पनि त्यही बचवेको यात्रा जस्तै बनाइयो । अस्थिर साथीहरूको साथ संगतले केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुपर्ने वाध्यता आइलाग्यो ।
केपी शर्मा ओली पदबाट बाहिरिएपछि उनी भन्दा पछाडि आएका सरकारले तुइन विस्थापितको कामलाई निरन्तरता दिन चाहेनन् । त्यही कारणले तिनै तुइनले धेरै नेपालीको ज्यान लिंदै छ । उनीहरूका लागि त्यो हाँसोको विषय बन्न पुग्यो । केपी ओलीलाई सत्ताबाट हुत्याउने ठालुहरू झन कति खुशी भएका होलान र कति हाँसेका होलान ? यस्ता संवेदनशील कुरामा समेत चनाखो भइदैन । केपी ओली अहिले सरकारको नेतृत्वमा हुनुहुन्छ । अहिलेको सरकारलाई अपवित्र गठवन्धनबाट जन्मिएको भन्न लागिएको छ । वर्तमान सरकारलाई अपवित्र वा अवैधानिक देख्नेहरूले सत्ता सञ्चालन गरेको समयमा ती तुईन विस्थापित गर्न सकेको भए कमसेकम विकासप्रेमीको जामा लगाउने अवसर मिल्थ्यो होला । आफूले पनि गरेर देखाउन नसक्ने अनि अरूले गरेको पनि नसहनेहरू आफैमा हाम्रा खोलाका कजवे जस्तै हुन जस्तो लाग्छ । वर्षाको समयमा पनि केही समय वा केही साता पानी परेन र भेल आएन भने पानी मुनीको पुलमा लेउ लागेर चिप्लने हुन्छ । अनि कजवे खतरायुक्त हुन जान्छ । अरूले राम्रो काम गरेको देख्न नसहनेहरूको मनमा पनि जतिवेला पनि आफै सत्तामा पुग्न मन लाग्छ । केही समय सत्ता बाहिर रहनु परेको खण्डमा उनीहरूको मनमा कजवेमा जस्तै लेउ लाग्न थाल्छ । अनि कहिले कसलाई चिप्लाएर कता पल्टाइदिन्छन त कहिले कसलाई पल्टाएर कता पल्टाई दिन्छन् ।

आखिर जो जता पल्टिएपनि कजवेले लिने आनन्द रहेछ । यो दृश्यले कजवे हाँस्दो रहेछ । त्यस्तै आनन्द र हाँसो उनीहरूले प्राप्त गर्दा रहेछन् ।वास्तवमा सबैभन्दा भरपर्दो राजनीतिक दलहरू आफ्नै खुट्टामा दृढतापूर्वक उभिने भनेको खोला तथा नदीहरूमा पक्की पुलहरू निर्माण गर्नु हो । अव समय निकै फेरिएको छ । जस्तोसुकै स्थानमा भएपनि साँघु बनाउँछु वा तुइन बनाउँछु भन्यो भने राम्रो हुँदैन । त्यस्तै राम्रो नभएजस्तै अवको निर्वाचनमा पनि खुट्टा र मन दह्रा भएका दलहरू कसैको बैशाखी टेकेर नभई एक्लै निर्वाचन लडने हिम्मत गर्नुपर्दछ । यसअघि नेपालका राजनीतिक दलहरू गठवन्धनबाट चुनाव लडे त्यो चुनावले पनि दह्रो खुट्टा भएको भरपर्दो सरकार दिन सकेन । ती सरकारहरू पनि त्यही तुहिन वा कजवे भन्दा फरक खालका रहेनन् । कर्णालीमा एउटा पिलरमा पुल अडेको छ । आखिर कर्णालीको पानी माथि सहज तरिकाले पुल निर्माण भएको छ । दैनिकरूपमा सयौँ मात्र होइन हजारौ गाडीहरू गुडन सक्छन् । कर्णालीमा पुल बनेको निकै वर्ष वित्यो तर अहिलेसम्म टसमस गरेको छैन । जुन पुल विश्वको नमूनाको पुल हो । यही पुल हेर्नका लागि पर्यटकहरूको भीड प्रायः देख्ने गरिन्छ । पुल जहाँ बने पनि उपयोगी बन्नुपर्दछ । सरकार जसको बनेपनि जनप्रिय काम गर्ने खालको हुनुपर्दछ । पुल आकासे बने पनि, काठे बने पनि, पक्की बने पनि नागरिकलाई एक किनाराबाट अर्को किनारासम्म सहजै पुग्ने वातावरण बन्नुपर्दछ । लोकतन्त्रको खास मर्म दृढ शैली हो । अब बन्ने सरकार वा बनेको सरकार यस्तै दृढ शैलीको बनोस यही कामना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?