Butwal Today

आजको मौसम : तराईमा हुस्सु र कुहिरो कम हुँदै

१८ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला (शुक्रबार बिहान) कोसी प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ।

बिगत दुई सातादेखि तराई मधेसका धेरै क्षेत्रमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो कम हुँदै गएको हो।

देशका बाँकी भूभागमा पनि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहानको समयमा देशका तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु रकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?