ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

अध्यादेशका बारेमा प्रधानमन्त्रीले दिए संसदमा प्रष्टिकरण

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

काठमाडौं, १८ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनुको औचित्यका बारेमा प्रष्टिकरण दिएका छन्।

संसदको हिउँदे अधिवेसनमा धारणा राख्दै प्रधानमन्त्री ओलीले अध्यादेश किन ल्याउनु परेको हो भन्ने बारेमा प्रष्टिकरण दिएका हुन्।

प्रष्टिकरण यस प्रकार छ:

अध्यादेश मार्फत तत्काल आर्थिक र व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्ने उद्देश्यले विभिन्न ऐनहरूमा संशोधन गरिएको छ।

सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा सुधारको उद्देश्यले भूमि र वनसम्बन्धी, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन लगायत २९ वटा ऐनहरूमा अध्यादेशमार्फत संशोधन गरिएका छन्।

अध्यादेश मार्फत एकै पटक यी कानूनहरूको संशोधन भएपछि, मिडियाको शब्द सापटी लिएर भन्नुपर्दा, “देशले अभूतपूर्व सुधारको थालनी गरेको छ”। यसबाट अब सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोकिनेछ। कानूनी व्यवस्था अनुसार अब तोकिएको अवधि बाहेकका सबै काम ७ दिन भित्र सम्पन्न गर्नुपर्नेछ।

नेपाली सूचना प्रविधिमा आधारित कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाइएको छ। अब नेपाली कम्पनीहरूले विदेशमा सहायक कम्पनी तथा शाखा खोल्न, कारोबार गर्न र विदेशमा भएको आम्दनी नेपाल भित्र्याउन सक्ने वातावरण सृजना गरिएको छ।

उपभोक्ता हित संरक्षणसम्बन्धी विवादित र अप्रासांगिक कानुनहरू खारेज गरिएको छ। प्रतिस्पर्धाको माध्यमबाट वस्तुको मूल्य निर्धारणको व्यवस्था गरिएको छ, जसले उद्यमी व्यवसायीलाई अनावश्यक डर र समस्या हटाउनेछ र अर्कोतिर उपभोक्ता हित संरक्षणलाई अझै मजबुत बनाउनेछ।

उद्योग दर्ताका लागि निवेदन दिएको १५ दिनभित्र सरकारी अधिकारीले निर्णय दिनुपर्नेछ, र यदि यो अवधि भित्र निर्णय नगरेमा, स्वतः उद्योग सञ्चालनको मान्यता दिने व्यवस्था गरिएको छ।

उद्यमीलाई कम्पनी खोल्नको सुविधा दिइएको छ भने, कम्पनी बन्द गर्दा अनावश्यक ‘झन्झट’मा नपर्ने व्यवस्था पनि गरिएको छ।

सहकारी ठगी सम्बन्धी संसदीय समितिको प्रतिवेदनको आधारमा, वचतकर्ताको वचत सुरक्षा गर्न तत्काल आवश्यक राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने लगायतका कार्यका लागि सहकारी ऐनमा संशोधन गरिएको छ।

अध्यादेशबाट प्राप्त हुने उपलब्धिको सूची लामो छ र यसका विशेषताका बारेमा व्यापक सामाजिक बहस भइसकेको छ। यस प्रष्टिकरणमा माननीयज्यूहरू जानकार नै हुनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?