Butwal Today

सरकारले राम्रो काम गरिरहेको छः देउवा

१८ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, १८ माघ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राम्रो काम गरिरहेको बताएका छन्।संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै देउवाले नेपाली कांग्रेस र एमाले बीचको ७ बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको बताएका हुन्।

“सरकारको काम मूल्याङ्कन गर्नका लागि ६ महिनाको समय चाहिन्छ, अहिलेसम्म हेर्दा यो सरकारले राम्रो काम गरेको छ,” देउवाले संसद बैठकमा भने, “सरकारले ल्याएको अध्यादेशले लगानी मैत्री वातावरण बनाएको छ, व्यवसायी उत्साहित छन्, भूमिहीनले जग्गा पाउँदैछन्।”उनका अनुसार सरकारले राम्रो काम अझै गर्नेमा आफू विश्वस्त रहेकोसमेत जनाएका छन्।