© 2026
लमही, १८ माघ ।
दाङको लमहीमा सञ्चालन भईरहेको ७ औंं राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दर्शकको घुइँचो बढ्दै गइरहेको छ । महोत्सवको सातौ दिन ५ हजार दर्शकले अवलोकन गरेको मूल आयोजक समितिका संयोजक कमल सिह ठकुरी जानकारी दिए । महोत्सव अवलोकन गर्नको लागि दर्शकहरू आउने क्रम बढिरहेको जानकारी दिदै सातौ दिन सम्म आईपुग्दा करिब १० हजारले अवलोकन गरेको संयोजक ठकुरीले बताए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती समेत रहनेको छ ।देउखुरी उद्योग बाणिज्य सघ लमहिको आयोजनामा माघ १० देखि शुरु भएको सञ्चालन भएको महोत्सवमा दुई सय ५८ स्टलहरू रहेको छ । महोत्सवमा थारु कल्चर सहित महोत्सवमा देउखुरीमा उत्पादन भएका बोयर बोका, माटोका भाडा, बँधिया भाले, कृषि प्रदर्शनी, माटो परिक्षण, तरकारी गाँजाको लत्ताकपडादेखि बन पाखामा पाईने जडीबुटी सम्मका सामग्रीहरू प्रदर्शनका लागि राखिएका छन् । सल्यानको खुकुरी तरबार देखि हुम्लाको ओखर र भाङ्गो पनि मेलामा उपलब्ध छन् । जुम्लाको भाङको तेल, भाङको साबुन, मह देखि चिनो, मार्सी चामल, फापर पिठो, गाँजाको ऐतिहासिक घर, सेल्फी जोन, लगायतका आकर्षक रहेका छन् ।
कृषि, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देउखुरीमा रहेका ऐतिहासिक स्थलहरू धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य संगै लमहीमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न महोत्सवले महŒवपूर्ण भूमिका खेल्ने देउखुरी उबासंघका अध्यक्ष सिह ठकुरीले बताए । महोत्सवको २ लाख दर्शकले मेलाको अवलोकन गर्ने र करिब दश करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको आयोजकको अपेक्षा रहेको छ ।