© २०२३
पाल्पा, १८ माघ । रामपुर नगरका दिल बहादुर सिंजालीले घर बनाउदा स्थानिय उत्पादन गरिएको इट्टा प्रयोग गरेका छन । सस्तो र सहज उपलब्धताका कारण केही ब्यपारीहरुबाट उनले इट्टा खरिद गरेको बताए । यता राममाया सुनारीले समेत आफनो घर निमार्ण गर्दा स्थानिय बारीमा निर्मित इटा प्रयोग गरेकी छिन । रामपुरनगरका सिंजाली र सुनारी उदाहरण पात्र हुन । काली गण्डकी नदी उपत्यका भित्र बसोबास गर्ने सबैले स्थानियको बारीमा परम्परागत स्वरुप र शैलीमा पोलिएका इटा नै प्रयोग गर्दै आएका छन् ।
पाल्पामा उद्योगका रुपमा स्थापित र राज्यले निर्धारण गरेको करको दायरा भित्र रहेका उद्योगका विकल्पमा गैहकानुनी रुपमा आफु खुसी इटटा तयार गर्नेहरुको अहिले विगविगी छ । रम्भा गाउपालिकाको हुंगी देखि नै व्यक्तिगत तथा निजी आवासिय क्षेत्र निर्माणका लागि घर घरमा इटा तयार पर्ने परिपाटी पहिला देखि नै चलि आएको स्थानिय लीला राना बताउछन् । यो नया र नौलो नभएको स्थानियहरु बताउछन् ।
स्थानियहरुले पहिले देखि नै यसरी प्रयोग गर्ने अभ्यास भएका कारण वैधानिक तवरले उत्पादन गर्ने यहाका २ वटा उद्योगहरु बिस्थापित भए । कम मुल्यमा कमसल खालको बस्तु सहज रुपमा आउन लागेपछि उद्योग बन्द नै गर्नुपरेको एक उद्यमीले बताए । रामपुरमात्र नभई गण्डकी उपत्यकामा अवैध उद्योग संचालन भएको घरेलु तथा साना उद्योग कार्यालय आन्तरिक राजस्व कार्यालय, स्थानिय सरकार, स्थानिय प्रशाशन अनविज्ञ छैनन् । सरकारी निकायले नै अवैध तवरले उद्योग संचालन गर्ने कार्यमा उत्प्रेरित गरेको स्थानिय सुदिप मल्ल बताउछन् ।
बस्ती बस्तीमा दाउराले पोल्ने इटा भट्टाका कारण वार्षिक रुपमा लाखौ रुपैया राजस्व समेत गुमेको विषयमा कोही अनविज्ञ छैनन् । राज्यका कारणले नै औधोगिक वातावरण धमेलिएको र राजस्व समेत गुमेको छ । वार्षिक रुपमा यस भन्दा अगाडि बजार क्षेत्रमा २ सय भन्दा निजी भवनहरुको निर्माण हुन्थ्यो । यतिखेर आर्थिक मन्दीले सुस्तायो । ठुलो सख्यामा घर बनाउनेले यहा नै बनाउने गर्दछ्न् । वातावरण हिसावले समेत यसरी तयार गर्न पाइदैन । सरकारले नै भट्टामा दाउराको प्रयोग निषेध गरेको सट्टामा यहा वर्षायाम सकिए पछि भारतीय कामदारहरु ठुलो सख्यामा आउने र तिनैले ठेक्कामा बनाउने पोल्ने गरेको स्थानियहरु बताउछन् । यहा जति उत्पादन हुन्छ सबै निजी प्रयोग तथा बिक्रीका लागि हुदैनन् यो यहाको विशेषता भएको स्थानिय गंगा पोखरेल बताउछीन् ।
यहा सरकारी प्रयोजनका लागि मात्र उद्योगमा उत्पादीत इट्टा प्रयोग हुन्छ त्यो पनि मुल्य अचिवृद्धि कर (भ्याट ) विल अनिवार्य भएका कारणले मात्र प्रयोग हुने गरेको स्थानियहरु बताउछन् । आफुलेलाई आवश्यक पर्ने इट्टा आफैले व्यवस्थापन गर्नु ज्यादै अनुचित होइन । यहा बिक्री भने हुदैन । पहिला देखि नै यस्ता परम्परा चलेको नगर सरकारका प्रतिनिधीहरु बताउछन् ।
एक दशक अगाडि देखि तानसेन नगरको अर्गलीमा बिना दर्ता उद्योगका रुपमा संचालन हुदा सम्म सरोकारवाला निकाय मौन भएको स्थानियहरु बताउछन् । दाउराको प्रयोग बाट इट्टा पोल्दा उद्योग नजिकका बस्तीमा समेत मात्र नभएर वातावरणमा समेत नकारात्मक असर पुगेको छ। राजनैतिक शक्तीका आडमा संचालित उद्योग प्रति स्थायिन सरकार,घरेलु तथा साना उद्योग कार्यालय बेखबर भएको छ । उद्योगको नियमन तथा अनुगमन गर्ने घरेलु तथा साना उद्योग कार्यालयले हो तर घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीहरु भने अर्गलीमा उद्योग संचालन भएको विषयमा कही कतैबाट उजुरी नपरेको कार्यालयका एक कर्मचारीले बताउछन् ।
व्यापारीक प्रयोजनका लागि संचालित इटा उद्योग राजनैतिक संरक्षणका कारण स्थानियले उजुरी मात्र नभई वातावरण प्रदुषण भयो भनेर भन्न पनि नसक्ने अवस्थामा रहेका छन् । दाउराले इटा पोल्दा धुवाले नराम्रो संग प्रभावित तुल्यायो भनेर सुनाउने ठाउ पनि छैन् । बस्तीका टाठा बाठा सबै उसकै पक्षमा छन् । हाम्रो आवाज सुनिदिने कोही नभएको कल्पना गैरे बताउछिन् ।