© २०२३
गोरखा, १८ माघ ।
गोरखाको आरुघाट गाउँपालिका–५, भलछोपेमा ट्याक्टरको पाङ्ग्राले किचेर १८ वर्षीय रामबहादुर रानाको मृत्यु भएको छ।प्रहरीका अनुसार, ना ६ त ९६० नम्बरको ट्याक्टर चढेर आर्खेतबाट माछीखोला जाने क्रममा राना ट्याक्टरबाट खसेर पछाडिको पाङ्ग्राले कुल्चिएका थिए।
घटना शुक्रबार बिहान २ बजेको आसपासमा आरुघाट माछीखोला सडकखण्डको खुर्सानी स्थानमा भएको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा ट्याक्टरबाट खस्दा ज्यान गएको पुष्टि भएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।घटनामा संलग्न ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको र शवलाई पोष्टमार्टमका लागि आरुघाट अस्पतालमा राखिएको बताइएको छ।