ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

उमेर ढल्किदा ‘कक्षाकोठा प्यारो’

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

बुटवल, १८ माघ ।
रूपन्देहीको सैनामैना नगरपालिका, रानीबगियाकी मनमाया बुढाथोकी मगरको बहिनीको अभिभावकत्व ग्रहण गर्दैमा बित्यो । सानै उमेरमा आमा र बाबा गुमाएपछि बाल्यकालमा पढ्ने, खेल्ने समय खोसियो । बहिनी हेर्नेदेखि गाईबस्तु स्याहार गर्ने र घरको काम उनको प्राथमिकतामा परे ।दाईले त दुई कक्षा पढ्नु भयो, मलाई त त्यसबेला पढ्ने दिन जुरेन । तर त्यो समयमा पलाएको पढ्ने रहर कहिल्यै मरेन । आज ७० वर्ष हुँदा पनि बाल्यकालकै पढाइको जोस जाँगर आउँछ । त्यही मनोबलका कारणले हुन सक्छ पढाइसँग मेरो यति गहिरो माया बसेको । अरू जे भने पनि म छोड्न सक्दिनँ ।

बीचमा पढाई छाडेकाहरूलाई पनि विद्यालय सम्म ल्याउन सहयोग गर्ने छ । अध्ययन गर्ने उमेर बाधक बन्दैनन भन्ने हौसला दिइरहेका छन् । शैक्षिक योग्यता बढाउन पढाइको निरन्तरताका लागि परिवार, समाज र विद्यालयमा वातावरण बन्नुपर्ने पाका विद्यार्थीहरूको भनाइ छ । चार सय विद्यार्थी रहेको विद्यालयमा चार जना पाका विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।

बाग्लुङ्ग जन्मघर भएकी मगरले १४ वर्षको उमेरमा विहे गरिन । घर परिवारको जिम्मेवारी, सन्तानको जिम्मेवारी सबै पुरा गरेपछि फेरी पढ्ने रहर पुरा हुँदैछ । उनले सैनामैना नगरपालिकाको गोरखनाथ सामुदायिक विद्यालयबाट पढाई शुरु गरेर दुर्गाभवानी माविको कक्षा ७ मा अहिले पढिरहेकी छिन् ।उनी जस्तै उमेरमा बुढेकाल लागेको हिम्मतमा तन्नेरी आफूलाई ठान्ने त्यस्ता ४ जना बुढेशकालमा कक्षा कोठामा प्यारो ठान्ने विद्यार्थीहरू छन् ।उनकै परिवारको सदस्य बुहारी शिक्षण पेशामा संलग्न छन् । जसले गर्दा उनलाई सिकाई अभ्यासमा सहज भएको छ । परिवारले पनि पढ्नलाई हौसला दिएका छन् । पढेपछि सकिन्छ भन्ने आत्मबल उनमा ताजा छ । यसले पनि उनमा पढ्न आँट र साहस भरिएको छ ।
विगतलाई फर्किदै मगर भन्छिन्, पढाई शुरु गर्दा धेरैले मर्नेबेलामा हरियो काक्रो, कालो अक्षर भैसी बराबर भन्थे तर पनि म रातो, सेतो जस्तो भए पनि विद्या आर्जन गर्छु भनेर अठोटले विद्यालय धाइरहेकी छु ।

मनमाया बुढाथोकी मगरको आफनै उमेर समूहका चार जना साथीहरू मध्ये मीना तिवारी हुन् । छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता थिएन । त्यहि मान्यताले उनले बाल्यकालमा विद्यालयको विकल्पमा घरायसी काम धन्दाका कारण शिक्षाको उज्यालोबाट बञ्चित हुनुपरेको बताउँछिन् ।विद्यालयमा आफ्ना नातीनातिना उमेर समूहकासँगै बसेर पढ्दा नि रमाईलो लागेको छ । उनीहरूले आमा के जान्नु भएन भन्दै सोध्छन् । सिकाउँछन् रमाईलो सँग बितेको छ, उनले भनिन् ।
मानकुमारी थापा पनि अहिले दुर्गा भवानी माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययन गर्दैछिन् । उनी भन्छिन्–‘मेरो कक्षा ६ र कक्षा ४ मा पढ्ने नाती र नातिनी छन् । म उनीहरूसँग प्रतिपर्धा गरेर पढिरहेकी छु । उनीहरूसँगै पढ्छु होमवर्क गर्छु नजानेको कुरा सिक्छु । यसरी नै स्वास्थ्यले साथ दिए एसइइ पास गर्ने धोको छ ।हुन त यस्तो बुढेसकालका पढेर के हुन्छ किन दुःख गरेको भन्ने धेरै छन्, तर पनि म आफ्नो आत्मसन्तुष्टीका लागि पढेकी छु । पढेर जागिर नै खान पर्छ भन्ने छैन । आफूमा ज्ञान भर्न उमेर बाधक बन्दैन भन्ने मलाई लाग्छ । यसमा मेरो परिवारको पुरा साथ र सहयोग छ ।
तारामाया थापा उमेरका हिसावले झण्डै साढे पाँच दशककी भईन । उनी पनि घरधन्दा सकेर झोला बोकेर विद्यालय जान्छिन् ।
दुई छोराहरू पढेर सके आत्मनिर्भिर बने । बाल्यकालमा पढ्न नपाएको चाहनालाई बुढेककालमा पुरा गरेकी छु । दुईचार अक्षर चिनेर अहिले कसैलाई फोन लगाईदेउ भन्न परेको छैन । कतै जाँदा सडक किनारामा राखेका साईनबोर्डमा लेखिएको अक्षरहरू सहज रूपमा पढ्न सकेकै कारण कुन ठाँउ हो सोध्न परेको छैन । घर परिवारका सदस्य नै आफनो लागि शिक्षण सहयोगी यसैमा मलाई खुशी मिलेको छ ।यहाँ म पनि पहिलो पटक पढ्न आको हो पहिले सबै एउटै उमेरका बसेर पढ्यौ । सबै उस्तै थियौ । अहिलेले साना विद्यार्थी साथीहरूसँग बसेर पढ्दा अझै धेरै सिकाई हुँदोेरहेछ ।
थापा भन्छिन्–‘अहिलेको पढाईले जागिर अरू स्वार्थ भन्दा पनि आत्मबल बलियो बनाएको छ । शुरु गर्दा समाजका मानिसले के के न गर्ने जस्तै झोला बोकेर हिडिछ भन्नेले अहिले राम्रो सम्मान दिन थालेका छन् । यसले पनि थप पढ्न उर्जा मिलेको छ ।’
पाका पुस्ताका विद्यार्थीले दुर्गा भवानी माध्यमिक विद्यालय रोजेर आउदा विद्यालय परिवार खुशी छ । विद्यालयका प्रध्यानाध्यापक तुलसीराम शर्मा भन्छन्, यो समाजका लागि उत्प्रेरणाको स्रोत हो । उनीहरू विद्यार्थी मात्रै होईनन हाम्रो विद्यालयको सम्पत्ति पनि हो । अब हामीले उनीहरूलाई कसरी पढाईमा अब्बल बनाएर प्रतिशप्रर्दी बनाउन सक्छौ भन्ने बारेमा छलफल गरिरहेका छौ । उनीहरूको आत्मसम्मान गर्दे पढाइका लागि हामीले उनीहरूलाई हौसला दिईरहेका छौं । अरू विद्यार्थीहरूलाई सहयोग आग्रह गरेका छौं । अतिरिक्ता कक्षा सञ्चालन गरेर भए पनि उनीहरूको अध्यन्न यात्रामा विद्यालय सहयोगी बनिरहेको छ ।
यसले बीचमा पढाई छाडेकाहरूलाई पनि विद्यालय सम्म ल्याउन सहयोग गर्ने छ । अध्ययन गर्ने उमेर बाधक बन्दैनन भन्ने हौसला दिईरहेका छन् । शैक्षिक योग्यता बढाउन पढाइको निरन्तरताका लागि परिवार, समाज र विद्यालयमा वातावरण बन्नुपर्ने पाका विद्यार्थीहरूको भनाइ छ । चार सय विद्यार्थी रहेको विद्यालयमा चार जना पाका विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?