Butwal Today

हिउँदे अधिवेशनको पहिलो बैठकको सरुमै रास्वपा सांसदहरूको विरोध

१८ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, १८ माघ

हिउँदे अधिवेशनको पहिलो बैठकमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको छ। शुक्रवारदेखि सुरु भएको बैठकको सुरुमै रास्वपा सांसदहरूले विरोध जनाए।सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा रास्वपा सांसदहरूले उठेर विरोध जनाएका थिए। सांसदहरूको विरोधपछि सभामुखले पटक पटक आशन ग्रहण गरी कार्यसूची अघि बढ्न आग्रह गरे।

पहिलो दिनको बैठकमा दलीय आधारमा धारणाराख्ने प्रबन्ध गरिएको भन्दै, रास्वपा सांसदहरूलाई सभामुखले आफ्नो विषय राख्न आग्रह गरे र सभा सञ्चालनमा सहयोग गर्ने अपील गरे। यस घटनाले हिउँदे अधिवेशनको पहिलो दिनमा संसदीय प्रक्रिया र विपक्षी दलको विरोधमा ध्यान खिचेको छ।