Butwal Today

वासिङ्टन डीसीमा भएको एक विमान दुर्घटनामा दुई चिनियाँ नागरिकको मृत्यु

१८ माघ २०८१, शुक्रबार
अ+
अ-

वासिङ्टन डीसी,१८ माघ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जानकारी दिएका अनुसार, अमेरिकाको वासिङ्टन डीसीमा भएको एक विमान दुर्घटनामा दुई चिनियाँ नागरिक पनि मारिएका छन्।

चिनियाँ दूतावासले बिहीबार दिएको प्रारम्भिक जानकारीअनुसार, बुधबार राति रेगन राष्ट्रिय विमानस्थल नजिकै एक विमान र एक हेलिकप्टर आकाशमा ठोक्किएर पोटोम्याक नदीमा खसेका थिए। दुर्घटनामा विमानको चालक दलसहित ६४ जना र हेलिकप्टरमा सवार ३ सैनिक पनि संलग्न थिए।

स्थानीय समयानुसार राति ९ बजे भएको यस दुर्घटनामा सबै सवारहरूको मृत्यु भएको पुष्टि गरिएको छ। सीएनएनका अनुसार, अहिलेसम्म ४० भन्दा बढी शव पोटोम्याक नदीबाट निकालिएको छ।

चिनियाँ दूतावासले अमेरिकी पक्षलाई यस घटनाको आधिकारिक पुष्टि गर्न र चीनलाई तुरुन्त जानकारी दिन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?