ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

मानव सेवा नै ठूलो धर्म : प्रदेश प्रमुख घर्ती 

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार
दाङ, १८ माघ।
धन हुनेले मानवको सेवा गर्न सके समाज आफै सभ्य अनि भव्य हुने लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले बताएका छन् ।
सडक मानवहरुका लागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा घोराहीमा बिहीबारदेखि शुरु भएको ‘श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१’ लाई उदघाटन  गर्दै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले  देश विकासको आधार पूर्वाधार मात्रै नहुने भन्दै मानवताको कार्यमा जुट्न सबैलाई आग्रह गरेका छन् । बेसाहाराको सहारा बनेको मानव सेवाघरको पवित्र अभियानमा सबै एकजुट हुनुपर्ने बेला भएको बताए ।  मगरले महंगा होटलमा महंगा भोग बिलास गर्नेहरुले मानव सेवाको कार्यमा खर्च गर्न सके सबैको उद्धार हुने बताए ।
उनले अस्थायी बसोबासको दीगोपनका लागि सोच्न पनि घोराही उपमहानगरपालिकालाई अपिल गरेका छन्  । नारायणपुरमा रहेका सेवाघर अहिले काम चलाउ रहेको भन्दै दीगो बनाउन ध्यान दिन आग्रह गरे ।
प्रदेश प्रमुख  मगरले मानव कल्याण समाजले बेवारिसे एवं मानसिक समस्या भएका मानिसहरुलाई सेवा घरमा राखेर सेवा दिएकोमा धन्यवाद पनि दिए । सेवा घर नारायणपुरको अवलोकन गरेको बताउदै उनले सरकारले गर्नुपर्ने काम एक सामाजिक संस्थाले गरिरहेकोमा अभियानलाई सरकारले पनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । उनले  तीन तहका सरकारले यो विषयलाई गम्भीर रुपमा लिएर अगाडी बढ्न अपिल गर्दै जनताको सबैभन्दा नजिक रहेको स्थानीय सरकारले सामाजिक विषयलाई अझ बढी ध्यान दिएर काम गर्न आवश्यक रहेको बताए  । उनले सबैमा मन, वचन र कर्मले महायज्ञलाई सहयोग गर्न अनुरोध गरे  ।
लुम्बिनी प्रदेश उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता चौधरीले सबैले सहयोग गरेर मानवताको कार्यमा जुट्न अपिल गरिन । बेसाहाराको सहारा बनेर मानव कार्यमा जुटेको संस्थाले समाजको सच्चा अभिभावक बनेर देखाईरहेको बताइन । उनले सेवाघरमा बस्दै आएकाहरुको बसाइँ थप व्यवस्थित र दिगो बनाउन स्थायी आवासका लागि लुम्बिनी सरकारको तर्फबाट भवन निर्माणका लागि आवश्यक बजेट विनियोजनमा सघाउने प्रतिवद्धता जनाइन ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले हरेक नागरिकलाई आत्मबोध गराउन मानव कल्याण समाज सेवाघरको अभियानमा सबै जोडिनुपर्ने बताए  ।
घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले सरकारसँगको सहकार्यमा गरिएको कामले घोराहीलाई सडक मानवमुक्त बनाउन सम्भव भएको बताए । समस्याको रुपमा रहेको सडक मानव मुक्त बनाउने काममा संस्थाले ठूलो योगदान दिएको भन्दै देशबाट सडक मानवमुक्त बनाउने अभियानमा जुट्नु अहिलेको आवश्यकता रहेको बताए ।
उनले हरेक वर्ष मानव कल्याण समाज सेवाघरमा बस्दै आएकाहरुका लागि बजेट विनियोजन गर्दै आएको बताए  । उनले पहिलो वर्ष ३ लाख, दोस्रो वर्ष ५ लाख, तेस्रो र चौथो वर्ष ८–८ लाख र यो वर्ष १० लाख रुपैयाँ विनियोजन भएको बताए  । पालिकाले गर्दै आएको सहयोग पर्याप्त भने नरहेको उनको भनाइ थियोे । यो महायज्ञले मानसिक, शारीरिक स्वास्थ्य सुधारमा काम गर्न सघाउने बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले समाज विकासका कार्यक्रममा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउँदै बजेट बढोत्तरी गर्न अपिल गरे ।
सो अवसरमा, नेकपा माओवादी दाङका ईन्चार्ज निर्मल आचार्य, नेकपा एमालेका केन्द्रीय सदस्य जीवन गौतम, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति खगराज पाण्डे, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमलगायतले धारणा राखेका थिए ।
घोराही उपमहानगरपालिका वडा नम्बर. १० मा रहेको मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा रहेका बेवारिसे मानवहरुको सहयोगार्थ महायज्ञबाट संकलित रकमको अक्षयकोष स्थापना गरी त्यसबाट आउने रकमले सेवाघरमा बस्दै आएकाहरुको जीवनयापनमा खर्च गरिने भएको छ । आगामी माघ २४ गतेसम्म कर्मचारी मिलन केन्द्रमा हुने महायज्ञमा प्रमुख कथावाचकका रुपमा मानव कल्याण समाजकी संस्थापक अध्यक्ष सुमी मानव रहेकी छन् ।  महायज्ञमा दैनिक प्रवचनसहित विभिन्न कार्यक्रम  गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?