ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

जयसिंहको परिवारलाई न्याय खोई ?

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

दार्चुलाको व्यास निवासी जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको तीन बर्ष पूरा भैसकेको छ । २०७८ साल साउनमा भारतीय सुरक्षा बल एसएसबीले तुईन काटिदिँदा जयसिंह महाकालीमा खसेर बेपत्ता भए । एसएसवीको यस्तो आपराधिक हर्कतका कारण कारण वेपत्ता भएका जयसिंह अहिलेसम्म फेला परेका छैन । न त उनको परिवारलाई न नेपाल सरकार न त भारत सरकारले उचित क्षतिपूर्ति नै दिएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीको यो आततायी ज्यादतीको नेपाल सरकारले प्रतिबाद गर्न सकेन । यद्यपि दुवै देशले घटनाको बिषयमा छानविन समिति गठन गरे । तर, अफसोच दोषीमाथि कारवाही भएन । दुवै देशले गठन गरेका छानविन समिति औपचारिकतामै सीमित भए । जयसिंहका परिवारलाई उचित क्षतिपूर्ति दिने कुरामा दुवै देशको मौनताले हरेक नेपालीलाई वास्तवमै पीडाबोध गराएको छ । सधैँ वारपार गरिरहने महाकाली नदीमाथिको तुइनमा झुन्डिएर भारतीय क्षेत्रमा जान लाग्दा भारतीय सीमा सुरक्षाबलका सिपाहीले तुइनको लठ्ठा खुस्काइदिएपछि धामी महाकालीमा खसेका थिए । घटना भएको क्षणभरमै यो राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय मुद्दा वनेको थियो तर नेपालको कमजोर कुटनीति र दबाब दिन नसक्दा दोषी भारतीय प्रहरीमाथि कारवाही होइन, उन्मुक्ति मिलेको छ । उनी तुईनमा झुन्डिँदै महाकाली पारी तर्न लागेकै समयमा खसालिएको तुईनको लठ्ठासँगै महाकालीमा हेलिएपछि उनको मृत्यु भएको कुरामा अव आशंका रहेन । परिवारले शव समेत नभेटेपछि कुशको प्रतिमा बनाएर सद्गत गरी किरियाकर्मसमेत गरिसकेका छन । तर उनको परिवार अझैपनि पीडामा छ । भारत र नेपाल सरकार दुवैले धामीको परिवारलाई न्याय मात्रै होइनन्, बरु न्यायमाथि घोर अन्याय दिदै आएको छ ।

आफ्नै सीमा सुरक्षा बलको जवानका कारण नेपाली निर्दोष नागरिक जयसिंहको ज्यान गएको घटनापछि भारतले जयसिंहको शव खोज्न समेत असहयोग गरेको समाचार त्यतिबेलै सार्वजनिक भएको थियो । भारतले यो बिषयलाई विवादको रूपमा सार्वजनिक नगर्न समेत दवाव दिइरह्यो । परिणामस्वरूप नेपाल जयसिंहको बिषयमा चुप रहन बाध्य भयो । भारतका सामु नेपालको निरिहता जयसिंहको मुद्दामा पनि प्रकट भयो । भारतले नेपाली र धामीको परिवारसमक्ष माफी समेत नमागेको अवस्थाबाट भारतको हेपाहा प्रबृत्ति उदाङ्गो भएको छ । घटनामा जिम्मेवार एसएसबीका जवानलाई कारवाही गरेर त्यसको जानकारी सार्वजनिक गर्ने बिषयमा भारत सरकारको इमान्दारीता नदेखिनु चिन्ताको कुरा हो । अर्कोतर्फ यो घटनामा भारतले नेपाली पक्षले महाकाली किनारका दुवैपट्टि ड्रोन उडाएर धामीको शव खोज्न मागेको सहयोगसमेत दिन अस्वीकार गरेको सम्झँदा नेपाली नागरिकमाथि भारतको हेपाहा प्रवृत्ति कतिसम्म निच र घातक छ भन्ने स्पष्ट हुन्छ । एउटा छिमेकीका रूपमा नेपालप्रति भारतले देखाएको यो व्यवहार निन्दनीय छ । यो हेपाहा र मिचाहा प्रवृत्तिले नेपाल र भारतबीचको सम्बन्ध राज्य–राज्यबीच मात्र होइन, जनस्तरमा पनि शत्रुतापूर्ण र अविश्वसनीय बन्न जान्छ । नेपाल सरकारले भारतसमक्ष आफ्नो नागरिकको ज्यान गएको घटनामा भारतको रवैयाका बिषयमा स्पष्ट धारणा समेत राख्न नसक्नु नेपाल सरकारको कमजोर कुटनीतिको द्योतक हो ।

जयसिंह महाकालीमा बिलीन भएको साढे तीन बर्ष भैसकेको छ । यसबीचमा उनको परिवारले अहिलेसम्म उचित न्याय समेत नपाएको अवस्था छ । जयसिंहको परिवार अझैपनि पीडामा छ । जयसिंह नै परिवारको एक्लो आधार थिए तर उनको अभावमा उनको परिवारले कठिन संघर्ष गरिरहेको छ । नेपाल सरकारले सामान्य क्षतिपूर्ति दिएर सहानुभूति व्यक्त गरेको छ । जयसिंहको बिषय नेपालको आत्मसम्मानसँग जोडिएको बिषय पनि हो । ६० वर्ष पहिले नेपालसँगको सिमानामा चिनियाँ सेनाले एकजना नेपाली सिपाहीको हत्या गरेपछि तत्कालीन सरकारले कडा विरोध गरेसँगै चीन सरकारले माफी माग्दै क्षतिपूर्ति दिएको घटना ज्वलन्त छ । तसर्थ भारतले जयसिंहको परिवारलाई क्षतिपूर्तिसहित दोषीमाथि कारवाही गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?