ट्रेंडिंग:

>> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि

एचपीभी खाेप अभियानको तयारी अन्तिम चरणमा

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार
दाङ,१८ माघ ।
यही माघ २२ गतेदेखि  फागुन ६ गतेसम्म  संचालन हुने पाठेघरकाे मुखकाे क्यान्सर विरुद्ध लगाईने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी)  खाेपकाे तयारी  दाङमा  तीव्र पारिएको छ ।  स्वास्थ्य कार्यालय दाङको आयाेजनामा जिल्ला स्तरीय खाेप समन्वय समितिकाे बैठक तथा जिल्लास्थित पत्रकारहरु एवम् सराेकारवालाबीच शुक्रबार घाेराहीमा एक कार्यक्रम गरि खाेप अभियान प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको हाे ।
जिल्ला खाेप समन्वय समिति दाङका अध्यक्ष नित्यानन्द शर्माले सरकारले देशव्यापी रुपमा संचालन गर्न थालेकाे एचपीभी खाेप अभियान अन्तरगत दाङमा साढे ३९ हजार किशोरीलाई खाेप लगाउने तयारी भएको जानकारी गराईएकाे बताए ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाेप जिल्लाका दश स्थानीय तहमा रहेका ३९ हजार चार सय ५० जना किशोरीलाई खोप लगाइने तयारी भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशाेर आचार्यले जानकारी गराए  ।
उनका अनुसार, दाङका  विद्यालयमा अध्ययनरत ३७ हजार दुई सय पाँच जना र विद्यालय बाहिर रहेका दुई हजार दुई सय ४५ जना गरेर ३९ हजार चार सय ५० जना किशोरीलाई खोप लगाउन थालिएको छ ।
प्रमुख आचार्यले तीन सय ९१ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि जिल्लामा चार सय ४७ वटा खोप केन्द्र तोकिएको बताए   । जसमा चार सय ३५ वटा विद्यालयमा र १२ वटा विद्यालय बाहिर खोप केन्द्र  रहेका छन् ।
खोप माघको २२ गतेदेखि फागुनको ६ गतेसम्म विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने उनले बताए  । त्यसका लागि जिल्लामा खोप समेत आइसकेको बताए ।
सरकारले काेही पनि बिरामी नहाेस्, अपांग नहाेस् र मृत्युु नहाेस् भनेर खाेप अभियान चलाउने गरेकाे भन्दै भ्याक्सिनेशन, स्क्रिनिङ र उपचारका तीन विधि सँगसँगै लैजाने लक्ष्य लिईएकाे बताए ।
एचपिभी भाइरसका प्रजातिहरू मध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारण मानिन्छन् । एचपिभी खाेप निकै प्रभावकारी रहेकाे जनाउँदै याे वर्ष लक्षित उमेर समुहका काेही पनि नछुट्ने गरि खाेप लगाउने तयारी भएको  बताए ।
 घाेराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चाैधरीले प्रत्येक पालिकामा याे अभियान सफल बनाउन तयारी भईरहेकाे बताए  । लक्षित उमेर समूहका काेही पनि किशोरी खाेप लगाउनबाट वञ्चित हुन नपराेस् भनेर ध्यान दिईएकाे भन्दै पाठेघरकाे मुखको क्यान्सरबाट किशोरीहरुलाई जाेगाउन सरकारले अघि सारेको राष्ट्रिय खाेप कार्यक्रम प्रभावकारी बनाउनु सबैको दायित्व रहेकाे बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. शिशिर कुवरले एचपिभी खोप अभियानमा गाभीले उपलब्ध गराएकाे सिकोलिन खोप निकै प्रभावकारी रहेको बताए  । उनले यो खोपले एचपिभी प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्ने हुँदा ९८ देखि सतप्रतिशतसम्म प्रभावकारी देखिएको बताए ।
पाठेघरको मुखको क्यान्सर विश्वमा महिलाहरुमा हुने क्यान्सर मध्येमा चौथो मुख्य क्यान्सरको रुपमा रहेको छ। संसारमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ । यो रोगबाट हरेक वर्ष ३ लाख ११ हजार जना महिलाहरूको मृत्यु हुने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको सन् २०२० को तथ्यांक अनुसार, संसारका ८८ प्रतिशत  पाठेघरको मुखको क्यान्सरका विरामीहरू र मृत्यु हुने संख्या न्यून र मध्यम आय भएका देशहरूमा देखिएको छ
यता नेपालमा पनि हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । जसमा हरेक वर्ष १ हजार ३१३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।  जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ ।
महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?