© 2026
बुटवल, १७ माघ ।
ग्यालेक्सी एस २४ सिरिज लन्चको साथ हामी सबैले ग्यालेक्सी एआईको नयाँ युगको सुरुवात संगै त्यसपछि रिलिज भएका फोल्ड़ेबल्सको साथ स्मार्टफोन प्रयोगकर्ताहरूको अन्तरक्रिया गर्ने तरिकालाई रूपान्तरण गर्दै ग्यालेक्सी एआईको क्षमतामा विस्तार भएको छ । अब सन् २०२५ को भ्यालेन्टाइन सिजनमा, सामसङ नेपालले यी नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको साथ आफ्ना प्रियजनहरूसँग आफ्नो माया बाँड्न सहज पार्नका लागि, प्राइस् ड्रप तथा बोनस फ्री गिफ्ट रहेको अफर मार्फत अझ सुलभ मूल्यमा बजारमा उपलब्ध गराएको छ ।
यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा ९१२/२५६ जिबि आफ्नो प्रियजनहरूलाई गिफ्टको रूपमा खरिद गर्न चाहनु भएका ग्राहकहरूले सो खरिदमा रु।२५,०००/– सम्मको बचत गर्न सक्ने छन् ।
यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा रु।५,४९९/– मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा रु।५,४९९/– मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरूले निःशुल्क प्राप्त गर्नसक्ने छन् । सामसङले परिवर्तनकारी सोचहरू र प्रविधिहरूका साथ भविष्यलाई आकार दिन्छ अनि विश्वलाई प्रेरित गर्दछ । कम्पनीले टिभि, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडिको संसारलाई पुनःपरिभाषित गर्दैछ ।