Butwal Today

पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

१७ माघ २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ, १७ माघ ।

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालविरुद्ध २० रनको जित हासिल गरेको हो।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर मात्र १३७ रन मात्र जोड्न सफल भएको थियो।नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा ३ चौकासहित सर्वाधिक २८ रन बनाइन् भने विता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रन जोड्दा पूजा महतोले १४ बलमा समान दुई चौका र छक्कासहित २४ रनको योगदान गरेकी थिइन्। अन्य खेलाडीले भने दोहोरो अंकको रनसमेत जोड्न सकेनन्।

उता, नेदरल्यान्ड्सका लागि क्यारोलिन दी लेन्ज र इभा लिन्चले समान दुई विकेट, आइरिस ज्वीलिङ र फ्रेडरिक ओभरडिकको नाममा समान एक विकेट लिएका थिइन्।यो जितसँगै नेदरल्यान्ड्सले अंकतालिकामा २ अंक जोडेको छ।