© २०२३
पाल्पा, १७ माघ ।
माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले कालीगण्डकी डाईभर्सन हुने बताएका छन् । बिहीबार तानसेनमा नेपाल प्रेस सेन्टर पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले योजना कालीगण्डकी नदीको तल्लोटटिय क्षेत्रलाई असर नपुग्ने गरि हुनुपर्ने धारणा राखेका हुन ।
उनले ठूला घोटला छोप्न शेरा दरबारकाण्ड ल्याइएको बताएका छन् । पूर्वमन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सिआइबी प्रमुखलाई बोलाएर प्रचण्डको बिषयमा अनुसन्धान गर्न लगाएको भरमा यो काण्ड बाहिर आएको आरोप लगाए । उनले राज्यले प्रतिशोध साधेर ठूला अन्य काण्ड लुकाउन र विषयान्तर गर्न यो काण्ड ल्याइएको बताए । उनले विपक्षी दललाई फसाएर सरकारले स्वार्थ समुहको हितमा काम गरेको आरोप लगाए ।
उपमहासचिव पुनले सरकारले नैतिक रुपले संसद फेस गर्न नसकेर संसद छलेर अध्यादेश ल्याएको बताए । “हामीले संसदमा जोडदार रुपमा कुरा उठाउँछौ । सरकारलाई जवाफदेही बनाउदै । सरकारलाई स्वच्छेचारी रुपबाट चल्न दिदैनौं”, उनले भने ।
पूर्व अर्थमन्त्री समेत रहेका पुनले माओवादी सरकारमा हुँदा सकारात्मक देखिएको अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक विकास यो सरकारले बिगादै लगेको बताए । उनले नेपाल ग्रे लिस्टमा पर्नलाग्नु दुःखद भएको बताउँदै सरकारले सम्पत्ति शुद्धीकरण मामिलामा कमजोरी देखाएको आरोप लगाए । उनले तत्काल नेपाललाई ग्रे लिस्टबाट हटाउन त्यसका सूचकहरुमा ध्यान दिनुपर्ने बताए ।
फरक प्रसंगमा बोल्दै उपमहासचिव पुनले मौसमी हिसाबले पाल्पा असाध्यै उत्कृष्ट स्थान रहेकोले यहाँको विकास पर्यटनको क्षेत्रबाट हुने बताउनुभयो । उनले बिगतमा पश्चिम नेपालकै हब रहेको पाल्पा अहिले त्यो शाख गुमाउनु दुखद रहेको धारणा राखे ।