ट्रेंडिंग:

>> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित) 

किसानको पीडामाथि मल्हम लगाउने प्रयास

१७ माघ २०८१, बिहीबार
१७ माघ २०८१, बिहीबार

पहाडी क्षेत्रका किसान विस्थापित हुनुपर्ने बाध्यता सिर्जना भैरहेको बेला सरकारले रातो बाँदर र बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेर किसानको समस्यामाथि मल्हम लगायने प्रयास गरेको छ । सरकारले गरेको यो घोषणाले किसानले अहिलेसम्म पाउँदै आएको सास्ती केही भएपनि हट्ने विश्वास गरिएको छ । सरकारले रातो बाँदर र बँदेललाई एक बर्षका लागि मात्रै होइन, अझै केही बर्षका लागि हानीकारक वन्यजन्तु घोषणा गर्नुपर्दछ । किनभने एक बर्ष हानीकारक वन्यजन्तु घोषणा गरेर यो समस्याको समाधान हुँदैन, जबसम्म पहाडी बस्तीबाट यसको नियन्त्रण हुँदैन । सरकारले गरेको यो घोषणाले किसानलाई ढिलै भएपनि राहत मिलेको छ । अब खेतबारीबाट लखेट्दा रातो बाँदर र बँदेल मरे किसानलाई कानुनी कारबाही हुनेछैन । मन्त्रालयले यसअघि पनि २०८० मंसिर ७ मा बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । रातो बाँदर र बँदेलले पहाडमा लगाएको खेती नष्ट गरिदिने गरेका कारण उत्पादन नै नहुने अवस्था आएको थियो । त्यसकै कारण पहाड छोडेर तराई झर्नुपर्ने बाध्यता थियो । किसानले बाँदर र बँदेललाई मार्न समेत नपाउने र उल्टै कानुन लाग्ने हुँदा देखेर पनि केही नगर्ने अवस्थामा यो निर्णयले किसानमा खुसी सिर्जना भएको छ । अव किसानले बाँदर र बँदेल नियन्त्रण गर्न सक्नेछन् । रातो बाँदर र बँदेलले बालीनाली वा धनजनको हानी नोक्सानी पु¥याए किसानले एक्लै वा सामूहिक रूपमा धपाउन, लखेट्न वा पक्रन सक्ने कानुनी व्यवस्था गरिएको छ । अब पक्रिएको बाँदर वा बँदेललाई सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय वा सो कार्यालय मातहतको नजिकको कार्यालयमा बुझाउनुपर्ने, सम्बन्धित स्थानीय तहको वडा कार्यालयलाई जानकारी दिनुपर्ने, बाँदर वा बँदेल धपाउने, लेखेट्ने वा पक्रने क्रममा मरे सम्बन्धित वडाका एक प्रतिनिधिसहित कम्तीमा पाँचजना स्थानीय व्यक्तिको रोहवरमा मुचुल्का खडा गरी गाड्नुपर्ने, सम्बन्धित कार्यालयमा जानकारी दिनुपर्ने, मरेका बाँदर र बँदेलको तथ्यांक सम्बन्धित कार्यालयले प्रत्येक दुई महिनामा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सम्बन्धित प्रदेश मन्त्रालय र प्रदेश वन निर्देशनालयमा दिनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

यद्यपि यसमा जटिलता देखिएपनि समस्या समाधानका पक्षमा एक कदम सकारात्मक छ भन्दा अत्युक्ति हुँदैन । यसअघि बाँदर र बँदेललाई हानीकारक वन्यजन्तु घोषणा गर्न माग प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उठ्दै आएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किसानका प्रतिनिधि संस्था लगायतले पहाडमा खाद्य संकट आउन सक्ने भन्दै बाँदर र बँदेललाई हानीकारक वन्यजन्तु घोषणा गर्न बारम्बार अनुरोध गरेपछि मन्त्रालयले अध्ययनका लागि प्राविधिक टोली नै खटाएको थियो । पहाडी क्षेत्रका किसानको माग सम्बोधन गर्नेगरी गरिएको व्यवस्थाले पहाडमा खाद्यान्न संकट समाधानमा पनि सहयोग पुग्ने निश्चित छ । रातो बाँदर र बँदेललाई धपाउन, लखेट्न र पक्रन नपाइने कानुनका कारण समस्यामा परेको बेला वन मन्त्रालयले गाँठो फुकाउने काम गरेको छ । यो स्वागतयोग्य कुरा हो । अव किसानको खेतमा यी वन्यजन्तु आए भने समाउन र धपाउन पाइन्छ, कैफियतमा मृत्यु समेत भएको अवस्थामा कानुन लाग्दैन् । जानीजानी मार्न त पाईदैन तर लखेट्दा मृत्यु भएमा दोष नलाग्ने कानुनी व्यवस्था अत्यन्त सकारात्मक छ । अव कृषि हानिकारक घोषित भएका वन्यजन्तु वा पन्छीलाई तोकिएको सर्त र बन्देजको अधीनमा रही खेत, खला, बारीमा बिना अनुज्ञापत्र धपाउन, लखेट्न, पक्रन वा मार्न सकिने छ । नेपालमा एक लाखभन्दा बढी रातो बाँदर छन् । यी बाँदर ठूलो हूल बनाएर हिँड्छन् । एक पटक बालीमा पसे भने सबै नोक्सान गरिदिने भएकोले किसानलाई ठूलो नोक्सानी भैरहेको अवस्थामा हानीकारक वन्यजन्तु घोषणा गरिनु समयको माग र आवश्यकता हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?