ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

बाल मनोविज्ञान बोकेको ‘सारंग’ माघ २५ बाट दर्शकमाझ आउँदै

१७ माघ २०८१, बिहीबार
१७ माघ २०८१, बिहीबार

काठमाडौं, १७ माघ ।

बाल मनोविज्ञानमा आधारित रहेर निर्माण भएको चलचित्र ‘सारंग’ प्रदर्शनको संघारमा छ।यही माघ २५ गतेबाट दर्शकमाझ आउन लागेको चलचित्रको ट्रेलर, टिजरले राम्रो प्रभाव पारिरहँदा सोहि हाइपलाई हलसम्म तान्न निर्माण टिम अग्रसर छ।

बदलिँदो नेपाली समाजमा बाबु आमाबीचको मतभेदले बच्चामा पर्ने प्रभाव, बालसगीबीचको प्रेम र बाल मित्रताको समर्पणलाई केन्द्रमा राखेर निर्देशक प्रशान्त तामाङले ‘सारंग’ तयार पारेका छन्। चलचित्रको सार्वजनिक प्रचार सामग्रीहरूले सोहि संकेत गर्छन्। शहरिया जीवनशैलीमा अभ्यस्त परिवारको दैनिकीले बाल मस्तिष्कमा पार्ने असरलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक तामाङ बताउँछन्।

बाल मनोविज्ञानको अवस्था चलचित्रले बोकेको छ, तर यो भन्दैगर्दा चलचित्र त्यति मात्रै होइन्, निर्देशक तामाङ भन्छन्, ‘चलचित्रमा हुनुपर्ने मनोरञ्जनको पूर्ण प्याकेज सबै पाउनुहुन्छ, प्रेम, रोमान्स, द्वन्द्व र रोदनको समिश्रण ‘सारंग’ हो। बाल मनोविज्ञान, बाल अधिकार, धनी र गरिब परिवारबीचको खाडलको यथार्थता लगायतका पक्षलाई चलचित्रले समेटेको तामाङले बताए।

चलचित्रमा प्रमुख पात्र रहेका दुई बाल कलाकार सम्राट थापा र आदित्य कार्कीको टिजर, ट्रेलर र सार्वजनिक गीतमा प्रस्तुत अभिनयले यतिबेला प्रशंसा पाइरहेको छ। यो चलचित्रमा सम्राट र आदित्यसँगै अभिनेत्री ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ प्रमुख अभिनयमा छन्।

राजधानीमा हालै गरिएको विशेष प्रदर्शनीमा दर्शकले चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन्। मंगलबार लाबिङ मलमा सम्पन्न प्रिमियरमा अभिनेत्री ऋचा शर्मासहितका कलाकारहरूले सँगै चलचित्र हेरेर दर्शक प्रतिक्रिया लिएका थिए। ऋचाले दर्शकसँग फिल्म हेर्दा आफुले आँशु थाम्न नसकेको बताइन्। यो चलचित्र गरिसकेपछि घरमा बच्चासँग चर्को स्वरले बोल्नसम्म छोडेकी छु, ऋचाले भनिन्, ‘बाबुआमाले गर्ने व्यवहारले बालबच्चामा कस्तो असर पार्छ, परिवारले बच्चालाई कस्तो संस्कार सिकाउने त्यो सबै सारंगले बोकेको छ।’

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन्। पुष्पा लिम्बू र बिनु गुरुङ सह(निर्माता रहेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन्। स्टेशन ५ ले वितरण अधिकार लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?