ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

डढेलोको बढ्दो ग्राफ र हिँड्नुपर्ने बाटो

१७ माघ २०८१, बिहीबार
१७ माघ २०८१, बिहीबार

काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा यही माघ ८ गतेदेखि लागेको भिषण डढेलो नियन्त्रण गर्न सेना नै परिचालन गर्नुप¥यो । हेलिकप्टरबाट समेत पानी फ्याकेर ५ दिनमा डढेलो नियन्त्रण गरिएको थियो । त्यतिन्जेल १०० हेक्टर भन्दा बढी क्षेत्रको वन खरानी भएको बताईन्छ । तराईमा शितलहर चलेकोले अहिले डढेलो लागेको नदेखिएको भएपनि पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको कमीले गर्दा हिमाली क्षेत्रमा समेत डढेलो लागेका खबर आईरहेका छन् । दोलखाको गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गतको वनमा माघको पहिलो सातामा नै डढेलो लागेको थियो । हरेक वर्ष गर्मी मौसम शुरु हुनासाथ देशमा डढेलोेका घटनाहरू बढ्नु नियमित प्रक्रिया जस्तै भएपनि यो वर्ष हिउँदे वर्षा नभएकोले गर्दा पुष महिनादेखि नै देशका विभिन्न स्थानमा डढेलो लागेका खबरहरू आईरहेका छन् । यहि जनवरी १ यता नेपालका १०५ स्थानमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीमा देखिएको छ । डढेलोको प्रकोप अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा देखिएको छ । पछिल्ला २७ दिनमा कर्णाली प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा ४१ वटा र बागमती प्रदेशमा १५ वटा डढेलोका घटना रेकर्ड गरिएको छ । यो वर्ष तराईमा हिउदमा पानी नपरेकोले यहा शितलहरको प्रभाव कम हुनासाथ डढेलो बढ्ने निश्चित देखिन्छ ।

लुम्बिनी प्रदेशमा डढेलो
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरेको राष्ट्रिय भू–क्षेत्र अनुगमन प्रणाली प्रतिवेदन २०२४ अनुसार लुम्बिनी प्रदेशको कूल क्षेत्रफल १९ लाख १९ हजार ४१७ हेक्टर मध्ये १० लाख ४९ हजार ४०८ हेक्टर भूभाग वनले ओगटेको छ । जुन क्षेत्रफल प्रदेशको कूल क्षेत्रफलको ५४.७ प्रतिशत हो । तराईमा घना वन बाँकी रहेका बाँके र बर्दिया राष्ट्रिय निकुन्जको पुरै भाग र ढोरपाटन शिकार आरक्षको केहि भूभाग समेत यसै प्रदेशमा पर्ने भएकोले यहाँ वनको अवस्था सन्तोषजनक छ । लुम्बिनी प्रदेशको चुरेमा प्रदेशको ४५ प्रतिशत र मध्य पहाडमा ३४ प्रतिशत वन रहेको छ । हिउँदपछि निकै कम पानी पर्ने यो क्षेत्रमा धेरै डढेलो लाग्ने गरेका तथ्यांकहरूले देखाउँछन । वन तथा भूसंरक्षण विभाग र ईसिमोडले २०१९ मा गरेको एक अध्ययन अनुसार डढेलोका हिसाबले नेपालका १३ जिल्ला अति संवेदनशील र ११ जिल्ला संवेदनशील देखिएका छन् । अति संवेदनशील जिल्लामा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, अर्घाखाँची र पाल्पा छन् भने संवेदनशील जिल्लामा दाङ, प्युठान र नवलपरासी (पश्चिम) रहेका छन् । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीबाट प्राप्त दैनिक डढेलो प्रतिवेदनलाई विश्लेषण गर्दा सन् २०२४ जनवरी १ देखि सन् २०२५ जनवरी २७ सम्मको अवधिमा लुम्बिनी प्रदेशका विभिन्न वनहरूमा १ हजार २७० पटक डढेलो लागेको देखिन्छ । सबैभन्दा बढी डढेलो बाँकेमा १६५ स्थान, बर्दिया २२७ स्थान, दाङमा २७६ स्थान र कपिलवस्तुमा ८२ स्थानमा डढेलो लागेको रेकर्ड छ । पहाडी जिल्लाहरूमा प्युठानमा १५३ वटा, अर्घाखाँचीमा ९१, पाल्पामा ८७ वटा स्थानमा डढेलो लागेको देखिन्छ । गत वर्ष सबैभन्दा बढी डढेलो विगतका वर्षहरूमा जस्तै बाँके र बर्दिया राष्ट्रिय निकुन्जमा लागेको पाईएको छ । निकुन्ज र मध्यवर्ती क्षेत्रमा मात्र ३४९ पटक डढेको लागेको थियो । एक वर्षयताको डढेलो सम्बन्धि तथ्यांकहरूलाई केलाउँदा तराई र तराईसँग जोडिएका चुरे पहाडमा बढी डढेलो लाग्ने गरेको देखिन्छ । अर्घाखाँचीको शितगंगा नगरपालिका, कपिलवस्तु जिल्लाको बाणगंगा र शिवराज, दाङ्गको गढवा, राजापुर र बंगलाचुली, लमही प्युठानको माण्डवी र स्वर्गद्वारी, रोल्पाको त्रिवेणी, बाँकेको राप्तीसोनारी र वैजनाथ गाउँपालिका धेरै डढेलो लाग्ने क्षेत्रहरू हुन् ।

असर कति ?
लुम्बिनी प्रदेशको चुरे र भावर क्षेत्रमा अत्यधिक डढेलो लागिरहँदा त्यसको प्रत्यक्ष असर चुरे नजिकका वस्तीहरूमा खानेपानीको आपूर्तिमा परिरहेको छ । खानेपानीका संरचनाहरू जल्ने मात्र नभई पानीका मूलहरू सुक्ने र गर्मीमा पानि उपलब्धता कम हुने गरेको छ । जलाधार क्षेत्रहरू सुख्खा हुँदा चुरेबाट उत्पन्न भएका नदीहरू छिटो सुक्दा सिचाईमा समस्याहरू देखापरिरहेका छन् । लुम्बिनी प्रदेशमा डढेलो अत्यधिक लाग्ने स्थान नजिकै ठूला वस्तीहरू रहेका छन् । डढेलोको कारणले ति वस्तीका वासिन्दाहरू गर्मीको समयमा सधै आतंकित भैरहनुपर्ने अवस्था छ । वर्षेनी डढेलो दोहोरिएर लाग्नाले पशु चरिचरन र घाँसपात संकलनमा समेत समस्या उत्पन्न हुने गरेको पाइन्छ । डढेलो फैलिएर खेतबारी र गाउँसम्म आउँदा खेतीपाती र घरगोठ जलेर नष्ट हुने गरेका छन् । वनको बाटो हुदै आवतजावत गर्दा र डढेलो निभाउन जादा आगोमा जलेर मानिसको मृत्यु भएका दुखद स्मृतिहरू पनि लुम्बिनी प्रदेशमा छन् । वन डढेलो कार्बनडाइअक्साइड ग्याँस उत्सर्जनको मुख्य श्रोत हो । विगतमा डढेलो लागेको समयमा सुनवल, देवदह, बुटवल, गोरुसिंगे, लमही, कोहलपुर र दाङ उपत्यकामा धेरैदिनसम्म धुँवा फैलिएर दृश्यावलोकन र श्वास प्रश्वासमा समेत समस्या हुने गरेको थियो ।
डढेलोेलाई वन क्षयीकरणको प्रमुख कारण मानिन्छ । डढेलोको कारणले नयाँ बिरुवाहरू हुर्कन बढ्न नपाउने, पुराना बिरुवाहरू सुक्दै जाने र जमिन सुख्खा भएर नयाँ बिरुवा उम्रन नसक्ने प्रक्रिया केही वर्ष दोहोरिईरहँदा जंगल उजाडिदै जान्छ र अन्ततः जंगलमा मरुभूमिकरण प्रक्रिया शुरु हुन्छ । यस्तो समस्या दाङका चुरेमा धेरै देखिन्छ । डढेलो लाग्दा वन्यजन्तुको वासस्थान र चरन क्षेत्र विनास हुन्छ । धेरै जीवहरू डढेलोबाट जोगिन सक्दैनन् । डढेलो लाग्दा वन्यजन्तुको रतिक्रिया र प्रजनन हुन पाउँदैन र हुर्कदै गरेका जीवजन्तुहरू पनि गुँड र वासस्थानसंगै जलेर खरानी हुन् पुग्छन् । यस्ता घटनाहरू वर्षेनी दोहोरिइरहँदा जीवजन्तु र वनस्पति प्रजातिहरूको विकास र विस्तारमा कमी आई वनमा मरुभूमिकरण बढ्दै गएको छ ।
हिड्नुपर्ने बाटोः
वर्षेनी डढेलोेका घटनाहरू दोहोरिनु र डढेलोेबाट मानवीय, भौतिक र प्राकृतिक क्षति बढ्दै जानुलाई स्वाभाविक प्रकोप मानेर बस्न सकिदैन । डढेलोबाट हुने क्षति घटाउनको लागि वन मन्त्रालय-डिभिजन कार्यालयको मुख ताकेर बसिरहने हो भने समस्या झनझन जटिल हुदै जानेछ । ठाउँ, जंगलको प्रकृति र कारणको आधारमा डढेलोको जोखिम फरक फरक हुने भएपनि सामान्य साबधानीले सबै डढेलोेबाट हुने क्षति घटाउन सकिन्छ । डढेलो लाग्ने सम्भाव्य कारणहरू बेलैमा नियन्त्रण गर्ने, वनमा अग्नि रेखा निर्माण गर्ने वन सरसफाई गर्ने, वनमा पानीका श्रोतहरूको संरक्षण गर्ने, नयाँ पोखरीहरू निर्माण गर्ने जस्ता कामहरू गर्न सकेमा वनलाई डढेलो लाग्नबाट जोगाउन सकिनेछ । डढेलो निभाउन जाँदा हावाको दिशा र गति विचार गरेर तथा पर्याप्त साबधानिका उपाय अपनाएर जाने, वन र वस्तीको विचमा सदावहार विरुवा लगाउने हो भने डढेलोेबाट हुने मानवीय र भौतिक क्षतिलाई घटाउन सकिन्छ । यस्ता कामहरू जनसहभागितामा स्थानीय सरकार र सामुदायिक वन समूहहरूले नै गर्न सक्ने भएकोले बेलैमा ध्यान दिनु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?