Butwal Today

आज सोनाम ल्होसार, देशैभरि सार्वजनिक बिदा

१७ माघ २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ ।

तामाङ समुदाय आज सोनाम ल्होसार पर्व मनाउँदैछन्। यो पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।

तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम हुँदैछन्।

‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने गर्छ।

सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो। डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकार यो पर्वको विशेषता हुन्।

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्दै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गरेर मनाउँछन्।

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?