© 2026
बुटवल, १६ माघ । नेपालको शिक्षालाई डिजिटल रुपान्तरको अभियानमा लैजाने गरि सरोकारवालाहरुलाई नबिनतम जानकारी दिने गरि बुटवलमा शनिबार बुटवल कन्फ्रेन्स हुने भएको छ । नेपाल स्टिम एलायन्सको आयोजनामा कोडिङ ओलम्पिक नेपाल, लुम्बिनी वल्र्ड स्कुल, जिनियस टकको सहकार्यमा एक दिने ‘स्कुल शिक्षामा किन प्रविधि ?’ भन्ने बुटवल कन्फ्रेन्स हुन लागेको हो ।
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि सचेतना जगाउने गरि महत्वपूर्ण कार्यक्रम गर्न लागेको नेपाल स्टिम एलायन्सका कार्यकारी अधिकृत सुशील बुढाथोकीले बताए । विज्ञहरु डा रामहरि लामिछाने, मगोलिका चक्रवति, सुशील बुढाथोकीबाट सहजिकरण गर्ने कार्यक्रममा डिजिटल शिक्षा र प्रविधि समावेशीकरण, अभिभावक र शिक्षकहरुलाई सशक्त बनाउने पहल, विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणित क्षेत्रमा करियर मार्गचित्र, नीति निर्माताहरुसंग डिजिटल युगमा नेपालको शैक्षिक रणनीतिबारे छलफल हुने उनले बताए ।
कार्यक्रममा कक्षा १० देखी १२ सम्मका विद्यार्थी, विद्यालयका शिक्षक तथा प्रशासकहरु, अभिभावकहरु, नीति निर्माता जनप्रतिनिधिहरु तथा सरकारी अधिकारीहरु गरि करीब ८ सय सहभागी हुने उनले बताए । यस क्षेत्रका विद्यालयहरुको अवस्था मुल्याकन गरि चार वर्षको अन्तरालमा यो कार्यक्रम चलाउन लागेको उनले बताए । ‘प्रविधिसंगै अवार्नेसलाई जोड दिएका छौ ।’–उनले भने ।
कार्यक्रममा लुम्बिनी वर्ड स्कुलका प्रधानाध्यापक विष्णु ढकालले शिक्षामा डिजिटल रुपान्तरणको आन्दोलनलाई सशक्त बनाउन आवश्यक रहेको बताए । पछिल्लोसमय केही वर्ष गरिएको सहकार्यबाट विद्यालयमा धेरै सकारात्मक परिणाम आएको उनले दाबी गरे । प्रोफेसनल डेभलोपमेन्टको रुपमा यसलाई लिन सकिने उनले बताए । नेपालमा विद्यालय शिक्षालाई प्रविधिसंग जोड्ने पाठ्यक्रमको समस्या रहेको उनले दुखेसो गरे ।
यसैबिच लुम्बिनी कोडिङ ओलम्पियाड २०८१ को घोषणा गरेको नेपाल स्टिम एलायन्सका हेड अफ एकेडेमिक्स दिपर्सन श्रेष्ठले बताए । फागुन ३ गते हुने सो कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरि कन्फ्रेन्स, कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरि प्लस टु नेशनल कोडिङ ओलम्पियाड समेत गर्ने उनले बताए । यसबाट विद्यार्थीहरुलाई कम्प्युटर साईन्स र प्रविधिको क्षेत्रमा आफनो क्षमताको परिक्षण गर्न, नया सीप सिक्न र अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न अवसर प्रदान गर्ने उनले बताए । हालसम्म आफुहरुले ४ वर्षमा १५०० जनालाई सशुल्क अनलाईन र विद्यालयमा प्रत्यक्ष १ महिनादेखि १० महिनासम्मको कक्षा दिएको तथा आवर अफ कोड क्लास ३ हजार जनालाई ४ दिनसम्म सिकेका बताए ।